२०८२, १८ चैत्र बिहीबार

काभ्रेबाट जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न थप ११ जना पक्राउ

काभ्रेबाट जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न थप ११ जना पक्राउ


काभ्रे । भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा थप ११ जना पक्राउ परेका छन्। नेपाल प्रहरीले उनीहरूलाई धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ गरेको हो।

जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका ती व्यक्तिहरूलाई अभद्र व्यवहारको आरोपमा पुनः नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। पक्राउ परेकाहरूको म्याद ईलाका प्रहरी कार्यालय, बनेपामा थप गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना काठमाडौंको एक बैंकमा भएको नगद र सुन लुटपाटमा संलग्न रहेको खुलेको छ। उनीहरू आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी, सार्वजनिक सम्पत्तिमा तोडफोड र लुटपाट जस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ।

यसअघि सोही आन्दोलनको समयमा विभिन्न कारागारबाट भागेका ३७ जना कैदीबन्दीलाई पक्राउ गरी पुनः सम्बन्धित कारागारमा पठाइएको थियो। तीमध्ये १८ जना केन्द्रीय कारागार, १४ जना डिल्लीबजार, ३ जना नख्खु, र २ जना सिन्धुली कारागारका थिए। पक्राउ परेकाहरूमा कर्तव्य ज्यान, जबरजस्ती करणी, लागुऔषध कारोबार, चोरी, अपहरण, ठगी, मानव बेचबिखन लगायतका गम्भीर आपराधिक मुद्दाका दोषीहरू पनि रहेका छन्।

भदौ २४ मा भएको आन्दोलनका क्रममा काभ्रेका ४ जना काठमाडौंमा मारिएका थिए। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ७ : ५२ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर