२०८२, १६ कार्तिक शनिबार

काभ्रेबाट जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न थप ११ जना पक्राउ

काभ्रेबाट जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न थप ११ जना पक्राउ


काभ्रे । भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा काभ्रेमा भएको तोडफोड, आगजनी र लुटपाटमा संलग्न भएको आरोपमा थप ११ जना पक्राउ परेका छन्। नेपाल प्रहरीले उनीहरूलाई धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ गरेको हो।

जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा छुटेका ती व्यक्तिहरूलाई अभद्र व्यवहारको आरोपमा पुनः नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। पक्राउ परेकाहरूको म्याद ईलाका प्रहरी कार्यालय, बनेपामा थप गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जना काठमाडौंको एक बैंकमा भएको नगद र सुन लुटपाटमा संलग्न रहेको खुलेको छ। उनीहरू आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आगजनी, सार्वजनिक सम्पत्तिमा तोडफोड र लुटपाट जस्ता आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीले जनाएको छ।

यसअघि सोही आन्दोलनको समयमा विभिन्न कारागारबाट भागेका ३७ जना कैदीबन्दीलाई पक्राउ गरी पुनः सम्बन्धित कारागारमा पठाइएको थियो। तीमध्ये १८ जना केन्द्रीय कारागार, १४ जना डिल्लीबजार, ३ जना नख्खु, र २ जना सिन्धुली कारागारका थिए। पक्राउ परेकाहरूमा कर्तव्य ज्यान, जबरजस्ती करणी, लागुऔषध कारोबार, चोरी, अपहरण, ठगी, मानव बेचबिखन लगायतका गम्भीर आपराधिक मुद्दाका दोषीहरू पनि रहेका छन्।

भदौ २४ मा भएको आन्दोलनका क्रममा काभ्रेका ४ जना काठमाडौंमा मारिएका थिए। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ७ : ५२ बजे

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या

एमालेको सचिवालय बैठक बस्दै, प्रतिनिधि चयनमा यस्तो छ

काठमाडौं। आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। बैठक अध्यक्ष केपी

तिलिचो बेसक्याम्पमा फसेका ११ पर्यटकको एपीएफले गर्‍यो उद्धार

काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा