२०८२, १८ चैत्र बिहीबार

हुम्ला जिप दुर्घटनाका ५ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो

हुम्ला जिप दुर्घटनाका ५ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो


हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ बेशी खोलामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

घाइतेहरूमा ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकाया रहेका छन्। उनीहरूलाई गम्भीर चोटपटक लागेकाले थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको डबल क्याप जिप मेल्छामबाट पिप्लाङतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करीब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा १२ जना घाइते भएका थिए, जसमा ७ जनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार प्रारम्भिक उद्धारपछि सबै घाइतेलाई स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्‍याइएको थियो। तर गम्भीर अवस्थाका कारण थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  ३ : ४३ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर