२०८२, २७ पुस आईतबार

हुम्ला जिप दुर्घटनाका ५ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो

हुम्ला जिप दुर्घटनाका ५ गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो


हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ बेशी खोलामा शुक्रबार बिहान भएको जिप दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

घाइतेहरूमा ३६ वर्षीय महेन्द्र रोकाया, २९ वर्षीय कैलाश सिरा, २६ वर्षीया पार्वती सिरा, १९ वर्षीय बाबु लामा र ४ वर्षीया जागृती रोकाया रहेका छन्। उनीहरूलाई गम्भीर चोटपटक लागेकाले थप उपचारका लागि सुर्खेत लगिएको प्रहरीले जनाएको छ। कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बरको डबल क्याप जिप मेल्छामबाट पिप्लाङतर्फ जाँदै गर्दा अनियन्त्रित भई सडकबाट करीब ३०० मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा १२ जना घाइते भएका थिए, जसमा ७ जनाको अवस्था गम्भीर छ।

प्रहरीका अनुसार प्रारम्भिक उद्धारपछि सबै घाइतेलाई स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्‍याइएको थियो। तर गम्भीर अवस्थाका कारण थप उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  ३ : ४३ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,