२०८२, १८ चैत्र बिहीबार

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते

धादिङमा बस र टिपर ठोक्किए, ११ जना घाइते


काठमाडौं । पृथ्वी लोकमार्ग अन्तर्गत गल्छी गाउँपालिका–७ भल्टारमा आज बिहान बस र टिपर ठोक्किँदा ११ जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको लुप्र ०१–००१ख०७६६ नम्बरको बस र विपरीत दिशाबाट आएको ना८ख २५९१ नम्बरको टिपर बिहान करिब ९ बजे ठक्कर खाएका हुन्।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश दाहालका अनुसार घाइतेहरुलाई तत्काल उद्धार गरी नजिकैको स्मारिका फार्मेसी अस्पतालमा उपचारका लागि लगिएको छ। उनीहरु मध्यमदेखि सामान्य घाइते रहेको र सख्त घाइते कोही नभएको बताइएको छ।

दुर्घटनामा बसको अगाडिको भागमा क्षति पुगेको छ। बस र टिपर दुवैलाई सडकबाट हटाएर यातायात सञ्चालनमा ल्याइएको छ। प्रहरी घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२, २४ आश्विन शुक्रबार  १० : ३६ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर