२०८२, १२ फाल्गुन मंगलबार

कुलमान घिसिङद्वारा क्षतिग्रस्त बीपी राजमार्ग अनुगमन, अस्थायी डाइभर्सन बनाउने तयारी

कुलमान घिसिङद्वारा क्षतिग्रस्त बीपी राजमार्ग अनुगमन, अस्थायी डाइभर्सन बनाउने तयारी


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बाढी–पहिरोले क्षति पुगेको बीपी राजमार्गको निरीक्षण गरेका छन्।

अनुगमनमा मन्त्रालयका सचिव केशव शर्मा र सडक विभागका महानिर्देशक विजय जैसीसहितको प्राविधिक टोली सहभागी भएको थियो। मन्त्री घिसिङले विशेष गरी रोशीको बाढीले प्रभावित चौकीडाँडा क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। त्यहाँ करिब ४ किलोमिटर सडकमा अस्थायी डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। उनले सडक विभाग र निर्माण व्यवसायीहरूलाई निर्देशन दिएका छन् कि, संघीय राजधानी काठमाडौंसँग बागमती, मधेश र कोशी प्रदेशका जिल्लाहरूलाई जोड्ने यो महत्वपूर्ण लाइफलाइन सडक जतिसक्दो छिटो सञ्चालनमा ल्याउन आवश्यक छ।

गत वर्षको बाढीले भकुण्डे–नेपालथोक खण्डलाई क्षति पुर्‍याएको थियो। उक्त सडक खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकोमा यस वर्षको बाढीले करिब ४ किलोमिटर सडक पूर्णरूपमा बगाएको छ। मन्त्रालयका अनुसार, क्षतिग्रस्त सडकको केही खण्डको स्थायी निर्माणको ठेक्का लागिसकेको छ भने केही खण्डको ठेक्का सम्झौताको अन्तिम चरणमा रहेको छ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ११ : ३८ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले