२०८२, १९ मंसिर शुक्रबार

मदन भण्डारी लोकमार्गको हरामीचोकमा इभि गाडी दुर्घटना १६ जना घाइते

मदन भण्डारी लोकमार्गको हरामीचोकमा इभि गाडी दुर्घटना १६ जना घाइते


हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ६ः४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभि गाडीले भित्रि बाटोबाट राजमार्गमा प्रवेश गर्न खोज्दै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि इभि गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको बताइएको छ। दुर्घटनामा इभि गाडीका यात्रु र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका छन्।

प्रहरी र स्थानीयवासीको सहयोगमा सबै घाइतेलाई उद्धार गरी साम्भि पोलिक्लिनिक र सहकारी अस्पतालमा उपचारका लागि पठाइएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये कसैको अवस्था गम्भीर छैन र सबैको अवस्था सामान्य रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बागमतीले जनाएको छ। स्थानीयवासीले सो सडकखण्डमा सवारीको गति नियन्त्रण र चेतावनी संकेत बोर्डको अभावका कारण दुर्घटना बढ्दै गएको भन्दै तत्काल सुरक्षा सुधारका उपाय अपनाउन माग गरेका छन्।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  १ : १२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको