२०८२, ५ फाल्गुन मंगलबार

मदन भण्डारी लोकमार्गको हरामीचोकमा इभि गाडी दुर्घटना १६ जना घाइते

मदन भण्डारी लोकमार्गको हरामीचोकमा इभि गाडी दुर्घटना १६ जना घाइते


हेटौंडा । मकवानपुरको बागमती गाउँपालिका–४ हरामीचोकस्थित मदन भण्डारी लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार बिहान करिब ६ः४५ बजे सिन्धुलीबाट हेटौंडातर्फ आउँदै गरेको म.प्र.०२–००१ ज ००७२ नम्बरको इभि गाडीले भित्रि बाटोबाट राजमार्गमा प्रवेश गर्न खोज्दै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि इभि गाडी अनियन्त्रित भई करिब १५ फिट तल खोल्सोमा खसेको बताइएको छ। दुर्घटनामा इभि गाडीका यात्रु र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका छन्।

प्रहरी र स्थानीयवासीको सहयोगमा सबै घाइतेलाई उद्धार गरी साम्भि पोलिक्लिनिक र सहकारी अस्पतालमा उपचारका लागि पठाइएको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेमध्ये कसैको अवस्था गम्भीर छैन र सबैको अवस्था सामान्य रहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बागमतीले जनाएको छ। स्थानीयवासीले सो सडकखण्डमा सवारीको गति नियन्त्रण र चेतावनी संकेत बोर्डको अभावका कारण दुर्घटना बढ्दै गएको भन्दै तत्काल सुरक्षा सुधारका उपाय अपनाउन माग गरेका छन्।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  १ : १२ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा