२०८२, ५ फाल्गुन मंगलबार

आजको मौसम पहाडी र तराई भू-भागमा मध्यम वर्षाको सम्भावना

आजको मौसम पहाडी र तराई भू-भागमा मध्यम वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ ।

साथै, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भाग प्राय र गण्डकी प्रदेशको पश्चिमी भागको थोरै स्थानहरूमा भने अझै पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिनमा गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमलगायत अन्य प्रदेशका पहाडी र तराई भागका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती भने, कोशी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा साधारणतया बदली रही तराई भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

लुम्बिनी, कर्णाली, सुदुरपश्चिम र कोशीलगायतका प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  ९ : ०६ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा