२०८२, २६ पुस शनिबार

बीपी राजमार्गमा बाढीले बगाएको डाइभर्सन पुनः निर्माण थालियो

बीपी राजमार्गमा बाढीले बगाएको डाइभर्सन पुनः निर्माण थालियो


काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु भएको छ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन बनाउन थालिएको हो। खोलाको बहाव केही कम भएपछि काम सुरु गरिएको उनले बताए।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा डाइभर्सन पुनः निर्माण कार्य अघि बढाइएको जानकारी दिइन्। ‘चौकीडाँडाको एउटै स्थान मात्र नभई ३–४ स्थानबाट डाइभर्सन बनाउन योजना बनाइएका छन्,’ अधिकारीले बताइन्। उनका अनुसार पानीको धार भित्तासम्म टाँसिएको र सडक खोलाको किनारै किनार लैजानुपर्ने भएकाले निर्माणमा चुनौती रहेका छन्। यसअघि सरोकारवालाबीच बीपी राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालन गर्ने र आवश्यक पुल निर्माणका लागि पहल गर्ने सहमति पनि भएको छ।

गत वर्ष असोजमा आएको बाढीले बगाएपछि अस्थायी रूपमा बनाइएको डाइभर्सन यस वर्ष पुनः बाढीले बगाएपछि हाल बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ४ : ३० बजे

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,

प्रदर्शनकारीमाथि गोली नचलाउन इरानलाई ट्रम्पको दोस्रो चेतावनी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सरकारविरोधी प्रदर्शनलाई लिएर

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा