२०८२, २४ चैत्र बुधबार

बीपी राजमार्गमा बाढीले बगाएको डाइभर्सन पुनः निर्माण थालियो

बीपी राजमार्गमा बाढीले बगाएको डाइभर्सन पुनः निर्माण थालियो


काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको वर्षापछि रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः निर्माण कार्य सुरु भएको छ।

रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाका अनुसार नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट डाइभर्सन बनाउन थालिएको हो। खोलाको बहाव केही कम भएपछि काम सुरु गरिएको उनले बताए।

सडक डिभिजन कार्यालय भक्तपुरकी सूचना अधिकारी बिन्दु अधिकारीले रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाको समन्वयमा डाइभर्सन पुनः निर्माण कार्य अघि बढाइएको जानकारी दिइन्। ‘चौकीडाँडाको एउटै स्थान मात्र नभई ३–४ स्थानबाट डाइभर्सन बनाउन योजना बनाइएका छन्,’ अधिकारीले बताइन्। उनका अनुसार पानीको धार भित्तासम्म टाँसिएको र सडक खोलाको किनारै किनार लैजानुपर्ने भएकाले निर्माणमा चुनौती रहेका छन्। यसअघि सरोकारवालाबीच बीपी राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालन गर्ने र आवश्यक पुल निर्माणका लागि पहल गर्ने सहमति पनि भएको छ।

गत वर्ष असोजमा आएको बाढीले बगाएपछि अस्थायी रूपमा बनाइएको डाइभर्सन यस वर्ष पुनः बाढीले बगाएपछि हाल बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ४ : ३० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि