२०८२, २७ पुस आईतबार

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीको स्वागत

आज कोजाग्रत पूर्णिमा : दशैंलाई बिदा, लक्ष्मीको स्वागत


काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा–आराधनासँगै कोजाग्रत पूर्णिमाको अवसरमा समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वले दशैंको औपचारिक अन्त्यको संकेत गर्दछ।

आज साँझ घरघरमा सम्पन्नताकी देवी महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बसेर कोजाग्रत पूर्णिमा मनाइँदैछ। “को जागर्ति” अर्थात् “को जागिरहेछ?” भन्ने शास्त्रीय अवधारणा अनुसार यस दिन रातभर जाग्राम बस्ने परम्परा रहिआएको छ। विश्वास गरिन्छ, रातभर जाग्राम बसेका घरमा लक्ष्मीको स्थायी वास हुन्छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजको दिन अखिल बलिपूर्ति गर्ने शास्त्रीय विधान छ। यससँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा ग्रहण गर्ने क्रम पनि औपचारिक रूपमा समाप्त हुन्छ।

आजको दिन विशेषरूपमा महालक्ष्मीको पूजन गरिनुका साथै, घरघरमा राखिएको जमरा पवित्र नदी, तलाउ वा पोखरीमा लगेर सेलाउने परम्परा रहेको छ। दशैंमा आराधना गरिने नवदुर्गाका तीन प्रमुख स्वरूपमध्ये एक महालक्ष्मीको आराधना आज गरिने भएकाले कोजाग्रत पूर्णिमालाई दुर्गा पक्षको अन्तिम दिनको रूपमा लिइन्छ। नवरात्र भने विजयादशमीका दिन नै सम्पन्न हुन्छ।

यस पूर्णिमालाई “कौमुदी पूर्णिमा” पनि भनिन्छ। शास्त्र अनुसार महालक्ष्मीसँगै आज हात्तीमा सवार इन्द्रको समेत पूजा गरिनुपर्छ।

प्रकाशित मिति : २०८२, २० आश्विन सोमबार  ८ : ०७ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,