२०८२, १९ आश्विन आईतबार

इलाममा भीषण पहिरो : ३७ जनाको ज्यान गयो,मृत्यु हुनेहरुको नामावलीसहित

इलाममा भीषण पहिरो : ३७ जनाको ज्यान गयो,मृत्यु हुनेहरुको नामावलीसहित


इलाम । इलाममा अविरल वर्षापछि आएको भीषण पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार सबैभन्दा बढी क्षति माईजोगमाई, देउमाई, सन्दकपुर र इलाम नगरपालिकामा भएको हो।

मृतकमध्ये धेरैजसो निदाइरहेको अवस्थामा पहिरोले पुरेको जनाइएको छ। केही बालबालिका र वृद्धहरू समेत पहिरोमा परी ज्यान गुमाएका छन्। झापा, पाँचथर र दोलखाबाट आएका केही नागरिक पनि मृतकमध्ये परेका छन्।

कोशी प्रदेशभर बाढी र पहिरोका कारण ४९ जनाको मृत्यु भएको छ भने ६ हजारभन्दा बढी परिवार विस्थापित भएका छन्। इलाममा विद्युत्, सडक र संचार सेवा अवरुद्ध भएको छ। प्रहरी, सेना र स्थानीयवासी उद्धारमा खटिएका छन् भने अझै केही बेपत्ताको खोजी कार्य जारी छ।

इलाम पहिरोमा मृत्यु हुने व्यक्तिहरूको नामावली

माईजोगमाई गाउँपालिका

  1. किरण थेवे (२८ वर्ष)
  2. मनमाया थेवे (१८ वर्ष)
  3. मुनुसा थेवे (३ वर्ष)
  4. बर्मालल सोङमी (८२ वर्ष) – वडा नं. ३
  5. बुद्धमाया सोङमी (७० वर्ष)
  6. धनबल सोङमी (४६ वर्ष)
  7. सरला सोङमी (४२ वर्ष)
  8. प्रकृति सोङमी (१४ वर्ष)

फाकफोकथुम गाउँपालिका–३

  1. सुरेश लिम्बू (२८ वर्ष)

सूर्योदय नगरपालिका–१

  1. मनमाया क्षेत्री (६५ वर्ष)
  2. रस्मिका क्षेत्री (१० वर्ष)

इलाम नगरपालिका–६

  1. समिर देउजाली (२३ वर्ष)
  2. प्रवीण गुरुङ
  3. बिराज पाख्रिन तामाङ
  4. महेन्द्र लिम्बू (४८ वर्ष) – (बेपत्ता)

देउमाई नगरपालिका–५

  1. रोशन लिम्बू (२२ वर्ष)
  2. बेबिसा राई (२२ वर्ष)
  3. दीपक लिम्बू (३० वर्ष)
  4. ऋषिका लिम्बू (२७ वर्ष)
  5. दिपिस्का लिम्बू (१० वर्ष)

देउमाई नगरपालिका–३

  1. कृष्ण मगर (२८ वर्ष)

माई नगरपालिका–५

  1. प्रिन्सिखा मगर (८ वर्ष)

माङसेबुङ गाउँपालिका–१

  1. कृष्णमाया लिम्बू (५७ वर्ष)
  2. माया लिम्बू (५० वर्ष)

सन्दकपुर गाउँपालिका–१

  1. भीमबहादुर राई (४३ वर्ष)
  2. हरिमाया राई (६६ वर्ष)
  3. देवी राई (४७ वर्ष)
  4. शेखर राई (५४ वर्ष)
  5. शारदा सेढाईं (७४ वर्ष)
  6. तारादेवी राई (४८ वर्ष)

झापा (अर्जुनधारा नगरपालिका–६)

  1. अनु तामाङ (३२ वर्ष)
  2. आवास दनुवार (उमेर खुलाइएको छैन)

पाँचथर (फाक्तेप)

  1. सौजन लिम्बू (९ वर्ष)
  2. सौगात लिम्बू (११ वर्ष)

मिक्लाजुङ गाउँपालिका–६ (मोरङ)

  1. नेहा राई (१७ वर्ष)

दोलखा निवासी

  1. दीप बस्नेत (४५ वर्ष)
  2. भवानी बस्नेत (४४ वर्ष)
  3. दिव्या बस्नेत (१२ वर्ष)

बेपत्ता:

  • महेन्द्र लिम्बू (४८ वर्ष), इलाम नगरपालिका–६

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  १० : २८ बजे

इलाममा भीषण पहिरो : ३७ जनाको ज्यान गयो,मृत्यु हुनेहरुको नामावलीसहित

इलाम । इलाममा अविरल वर्षापछि आएको भीषण पहिरोमा परी ३७

बाढीपहिरो अपडेट : देशभर ४९ को मृत्यु, इलाममा मात्रै ३७ जनाको ज्यान गयो

काठमाडौं । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण देशभर

इलाममा पहिरोले ३४ जनाको ज्यान गयो, ४ जना अझै बेपत्ता

विराटनगर । इलाममा अविरल वर्षापछि गएको पहिरोले ३४ जनाको ज्यान

सेनाद्वारा सुत्केरीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार

इलाम । इलामको माङ्सेबुङ गाउँपालिका-१ पातीगाउँमा पहिरोमा परेर गम्भीर घाइते

ऐतिहासिक त्रिवेणीघाट डुबानमा, ब्रह्मायणी र इन्द्रेश्वर मन्दिर बाढीको चपेटामा

पनौती । लगातारको अविरल वर्षाका कारण काभ्रेको पनौतीस्थित ऐतिहासिक, सांस्कृतिक