२०८२, २४ चैत्र बुधबार

नेपाल-मस्को चेस महासंघबीच ६ बुँदे सम्झौता

नेपाल-मस्को चेस महासंघबीच ६ बुँदे सम्झौता


काठमाडौं । नेपाल बुद्धिचाल महासंघ र रसियाको मस्को क्षेत्रीय चेस महासंघबीच ६ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ।

रुसको राजधानी मस्कोमा सम्पन्न कार्यक्रममा रसियाका राजनीतिज्ञ एवं सिनेटर सेर्गेइ अलेक्जान्द्रोभिच कार्जाकिन र नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरी अदलाबदल गरेका हुन्।

महासंघका अनुसार सम्झौताले चेस खेललाई आपसी मित्रता र सहकार्यको माध्यमका रूपमा प्रयोग गर्दै विभिन्न गतिविधि सञ्चालन गर्नेछ। सम्झौताअन्तर्गत खेलाडी टोलीहरूको दुई देशीय भ्रमण, तालिम तथा प्रशिक्षण कार्यक्रम, प्रशिक्षकहरूको सीप अभिवृद्धि, नयाँ खेलाडी तयारी, द्विपक्षीय प्रतियोगिता तथा अनलाइनमार्फत हुने खेल र कार्यक्रमहरूलाई प्राथमिकता दिइनेछ। यसअघि विश्व बुद्धिचाल महासंघ (फिडे)का निवर्तमान अध्यक्ष तथा काल्मिकियाका राष्ट्रपति किर्सान निकोस्लाभिच इल्युमजिनोभको पहलमा भएको सहकार्यलाई नै निरन्तरता दिँदै सम्झौता गरिएको महासंघका अध्यक्ष महर्जनले बताए। उनले बौद्ध राष्ट्रबीचको चेस प्रतियोगिताको दोस्रो संस्करण रुसमा र तेस्रो संस्करण नेपालमा हुनेसम्बन्धी समझदारी समेत बनेको जानकारी दिए।

विश्वकै कान्छा ग्र्याण्डमास्टर (१२ वर्ष ७ महिना) बन्ने रेकर्ड राखेका कार्जाकिनले नेपाली युवा खेलाडीहरूको स्तर अपेक्षाकृत उच्च रहेको भन्दै थप प्रशिक्षणको अवसरले अन्तर्राष्ट्रिय स्तरमा सफलता दिलाउने विश्वास व्यक्त गरे। महासंघका प्रवक्ता राजु ताम्राकारले यसअघि पनि नेपाली खेलाडीहरूले रसियन ग्र्याण्डमास्टर अलेक्जेन्डर फोमिनि, बंगलादेशका जिएम निहाज मुर्सेद, भारतका गोविन्द बल्लभ (जिबि) जोशी लगायतबाट प्रशिक्षण लिएको स्मरण गराए। हालै पनि काजकिस्तानी ग्र्याण्डमास्टर मुर्ताज काजगल्यएभ र अन्तर्राष्ट्रिय मास्टर बख्तियार अस्कारोभले नेपाली टिमलाई प्रशिक्षण दिएका थिए।

ताम्राकारका अनुसार, नयाँ सम्झौतासँगै नेपाली खेलाडीले पुनः छात्रवृत्ति पाउने अवसर प्राप्त गर्नेछन्। उनले खेलाडीहरूको स्तर अभिवृद्धि गर्न महासंघले विभिन्न कोणबाट निरन्तर पहल गरिरहेको बताए।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  ३ : ४६ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि