२०८२, १९ मंसिर शुक्रबार

सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बचत तथा बीमा योजना सार्वजनिक

सिटिजन लाइफ इन्स्योरेन्सले नयाँ बचत तथा बीमा योजना सार्वजनिक


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ योजना ‘सिटिजन सेभिङ्ग्स ग्रोथ प्लान’ सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको यस योजनाले ग्राहकलाई भविष्यका लागि नियमित बचत गर्न सक्ने सुविधा दिनुका साथै जीवन बीमाको सुरक्षा समेत उपलब्ध गराउने जनाएको छ ।

यो योजना अन्तर्गत बीमितले सिंगल वा नियमित किस्ता मार्फत प्रिमियम तिर्न सक्नेछन्। १८ वर्षदेखि ५५ वर्षसम्मका नेपाली नागरिकले न्यूनतम १० वर्षदेखि अधिकतम २० वर्षसम्मको अवधिका लागि बीमा गर्न सक्ने कम्पनीले जनाएको छ। बीमा अवधिभर प्रिमियम भुक्तानी भइरहेको अवस्थामा बीमितको निधन भएमा बीमित रकम वा खातामूल्य मध्ये जे बढी हुन्छ सो रकम लाभग्राहीलाई उपलब्ध गराइनेछ। साथै, दुर्घटनाबाट मृत्यु वा स्थायी अपाङ्गता भएमा अतिरिक्त भुक्तानीको व्यवस्था गरिएको छ। अवधि पूरा भएपछि खातामा संचित रकमसहित अन्तिम ६० महिनाको औसत खातामूल्यको ३ प्रतिशत बराबरको लॉयल्टी बोनस प्रदान गरिने कम्पनीले जनाएको छ।

यस योजनामा न्यूनतम प्रिमियम रकम नियमित भुक्तानी गर्ने ग्राहकका लागि १२ हजार रुपैयाँ र सिंगल प्रिमियममा ३० हजार रुपैयाँ तोकिएको छ। बीमितले अधिकतम ७० वर्ष उमेरसम्म बीमा सुविधा लिन सक्नेछन्। ग्राहकले यस योजनाबाट ऋण सुविधा पनि लिन सक्नेछन्। नीति ऋणको रुपमा संचित रकमको ९० प्रतिशतसम्म लिन सकिने र न्यूनतम ऋण रकम १ हजार रुपैयाँ रहने कम्पनीले जनाएको छ। सिटिजन लाइफले यो योजना बचतसँगै दीर्घकालीन जीवन सुरक्षा चाहनेका लागि उपयुक्त हुने विश्वास लिएको छ।

प्रकाशित मिति : २०८२, ९ आश्विन बिहीबार  १० : ४७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको