२०८२, २३ चैत्र मंगलबार

धुलिखेल-खावा सडक वर्षा लागेपछि हिलो, घाम लागेपछि धुलो-जनतालाई वर्षौंको सास्ती

धुलिखेल-खावा सडक वर्षा लागेपछि हिलो, घाम लागेपछि धुलो-जनतालाई वर्षौंको सास्ती


काठमाडौं । अरनिको राजमार्गअन्तर्गत पर्ने धुलिखेल-खावा सडकखण्डको अवस्था अहिले अत्यन्तै नाजुक बनेको छ । करिब ४ किलोमिटरको दूरी पार गर्नै पनि सर्वसाधारणलाई दिनहुँ धुलो र हिलोको सास्ती खेप्नुपर्ने बाध्यता छ ।

स्थानीयबासीका अनुसार, सडक घाम लागे धुलाम्मे र वर्षा हुँदा हिलाम्मे हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएको हो। निर्माण कार्यमा ढिलाइ, जिम्मेवारीविहीन ठेकेदार कम्पनी र कमजोर सरकारी अनुगमन यस समस्याको मुख्य कारण मानिएको छ। उक्त सडक निर्माणको लागि गौरी पार्वती निर्माण सेवा प्रा.लि. नामक कम्पनीले २०७९ जेठ २० गते ठेक्का पाएको थियो। २०७९ चैत १९ गतेभित्र सम्पन्न गर्ने शर्तसहित रु २० करोड १९ लाख ४६ हजार ५ सयको लागतमा सम्झौता गरिएको थियो।

तर, कम्पनीले समयमै काम नगरेपछि सडक डिभिजन कार्यालय, भक्तपुरले ठेक्का रद्द गरिसकेको छ। पछिल्लो एक वर्षदेखि निर्माण कार्य रोकिएको छ, जसले गर्दा सडक झनै बिग्रिएको छ। यो सडक नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्टयुक्त बेस हाल्ने र त्यसपछि डिबिएम तथा आस्फाल्ट कालोपत्र गर्ने प्रयोगात्मक योजना अन्तर्गत विस्तार गरिँदै थियो। तर, ठेकेदारको कामप्रतिको लापरवाहीका कारण उक्त प्रविधि परीक्षणमै सीमित भएको छ।

अरनिको राजमार्ग नेपाल–चीनबीचको व्यापारिक नाका तातोपानीसँग जोडिएको प्रमुख सडक हो। यसले सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायत पूर्वी पहाडी जिल्लालाई राजधानीसँग जोड्ने काम गर्छ। यति महत्वपूर्ण सडकखण्डको निर्माण कार्यमै यस्तो लापरवाही र उदासीनता देखिनु गम्भीर चिन्ताको विषय भएको स्थानीयको भनाइ छ। स्थानीयवासीहरू वर्षौंदेखि धुलो र हिलोमा गुजारा गर्न बाध्य छन् । स्कुल जाने बालबालिका, बिरामी बोक्ने एम्बुलेन्स, यात्रु बसदेखि मालवाहक सवारीसाधन सबैले समस्या भोगिरहेका छन् । उनीहरूले सम्बन्धित निकायलाई जिम्मेवार बन्न, ठेकेदारलाई कारबाही गर्न र सडक निर्माण फेरि तत्काल सुरु गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२, ८ आश्विन बुधबार  १० : ५१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि