२०८२, २० मंसिर शनिबार

सिरहामा अपहरणमा परेका १५ वर्षीय बालकको हत्या

सिरहामा अपहरणमा परेका १५ वर्षीय बालकको हत्या


सिरहा । सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ। गोलबजार नगरपालिका–१३ भेल्हा डंगराहाका संजय सिंहका १५ वर्षीय छोरा अभिषेक सिंहको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार अभिषेकको शव घर नजिकैको आँप बगैंचामा भेटिएको हो । घटनास्थललाई प्रहरी टोलीले घेराबन्दी गरी अनुसन्धान सुरु गरेको र थप विवरणका लागि डग टोली समेत परिचालन गर्ने तयारी भएको छ। अभिषेक आइतबार राति करिब ८ बजेदेखि बेपत्ता भएका थिए। परिवारले रातभर खोज्दा फेला नपरेपछि सोमबार बिहान करिब ८ बजे अभिषेककै मोबाइलमार्फत आमालाई अपहरण भएको र फिरौती मागिएको म्यासेज आएको थियो । त्यसपछि परिवारले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान थालेको र संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको जनाएको छ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ९ : २८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको