२०८२, ७ आश्विन मंगलबार

कमजोर मनसुनी वायु, पहाडी र तराईका केही स्थानमा वर्षाको सम्भावना

कमजोर मनसुनी वायु, पहाडी र तराईका केही स्थानमा वर्षाको सम्भावना


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कमजोर भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार स्थानीय वायुको आंशिक प्रभाव मात्र रहने भएकाले वर्षाको सम्भावना सीमित क्षेत्रमा रहनेछ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली हुनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा पर्न सक्ने सम्भावना छ।

मंगलबार राति पनि देशका पहाडी भू-भागमा साधारणतया बदली रहने र तराईका केही स्थानमा मध्यम वर्षा पर्न सक्ने विभागले जनाएको छ। विभागले वर्षा हुने सम्भावना रहेका क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८२, ७ आश्विन मंगलबार  ९ : ०३ बजे

मन्त्रिपरिषद्को निर्णय : गृहमन्त्रालयमा दंगालको प्रवेश

काठमाडौं । सरकारले तीन जना सचिवको सरुवा गरेको छ। सोमबार

सिरहामा बालक अपहरणपछि हत्या, ८ जना पक्राउ

काठमाडौं। सिराहामा १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या भएको घटनामा

नवरात्रीको अवसरमा देवी मन्दिरमा भक्तजनको भीड बढ्दै

काठमाडौं । नवरात्री सुरु भएदेखि नै काठमाडौं उपत्यकाका देवी मन्दिरहरूमा

सिरहामा अपहरणमा परेका १५ वर्षीय बालकको हत्या

सिरहा । सिरहामा अपहरणमा परेका एक बालकको हत्या भएको छ।

नमोबुद्धका पूर्वमेयर टङ्कप्रसाद तिमल्सिनाको निधन

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टङ्कप्रसाद (टिपी) शर्मा तिमल्सिनाको आज