२०८२, १७ कार्तिक आईतबार

असोज अन्तिम सातादेखि मात्रै मेलम्चीको पानी काठमाडौंमा पुग्ने

असोज अन्तिम सातादेखि मात्रै मेलम्चीको पानी काठमाडौंमा पुग्ने


काठमाडौं । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातादेखि मात्रै मेलम्चीको पानी आपूर्ति सुरु हुने भएको छ। मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासका अनुसार वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकोले दसैँअगाडि पानी काठमाडौं ल्याउन सम्भव नभएको हो।

दासले भने, “पानीको बहाव घटेपछि मात्र वितरणको तयारी सुरु हुनेछ।” असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजना पूर्ण रूपमा क्षतिग्रस्त भएपछि हिउँदमा मात्रै पानी वितरण हुँदै आएको थियो । हाल रिबर्मा खोलाबाट दैनिक ६–७ करोड लिटर पानी काठमाडौंमा पठाइँदै आएको छ। पूर्वमा मेलम्चीबाट दैनिक १७–१८ करोड लिटर पानी आपूर्ति हुँदै आएको थियो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ, तर हाल विभिन्न स्रोतबाट मात्र १३–१४ करोड लिटर पानी उपलब्ध भइरहेको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : ४९ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या