२०८३, ८ कार्तिक आईतबार

सामसुङ प्लाजाको १४औँ शोरुम : भिन्नता र विश्वासको परिचय

सामसुङ प्लाजाको १४औँ शोरुम : भिन्नता र विश्वासको परिचय


काठमाडौं । नेपालको इलेक्ट्रोनिक बजारमा दर्जनौँ ब्रान्ड प्रतिस्पर्धामा भए पनि सामसुङ उपभोक्ताबीच विश्वसनीयता र गुणस्तरका कारण अग्रस्थानमा उभिएको छ। यही विश्वासलाई अझ मजबुत बनाउन सामसुङ प्लाजाले ललितपुरको भैंसेपाटीमा १४औँ शोरुम सञ्चालनमा ल्याएको छ।

नयाँ शोरुमको उद्घाटन सामसुङ नेपालका प्रबन्ध निर्देशक इनसु किम र गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरे। उनीहरूले सामसुङ अन्य ब्रान्डभन्दा फरक हुनुको कारण उच्च प्रविधि, दीगो गुणस्तर र ग्राहकमैत्री सेवामा रहेको बताए।

भैंसेपाटीस्थित यो शोरुममार्फत सामसुङका नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरण र अन्य आधुनिक इलेक्ट्रोनिक सामग्री सहजै उपलब्ध हुनेछन्। उपभोक्ताले अन्य ब्रान्डमा नपाउने विश्वसनीयता, दीर्घकालीन सेवा र निरन्तर प्रविधि सुधार सामसुङमार्फत पाउने विश्वास कम्पनीले जनाएको छ।

कम्पनीका प्रतिनिधिले भने, “हामी बजारमा मात्र होइन, ग्राहकको जीवनशैलीमै परिवर्तन ल्याउने ब्रान्ड हौँ। अरु ब्रान्डहरूले तात्कालिक सुविधा दिन सक्छन्, तर सामसुङ दीर्घकालीन गुणस्तर र भरोसाका कारण फरक छ।”

शोरुम उद्घाटनको अवसरमा ग्राहकलाई विशेष अफर र तालिमप्राप्त कर्मचारीबाट आवश्यक परामर्श दिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : ३७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना