२०८३, १२ असार शनिबार

सामसुङ प्लाजाको १४औँ शोरुम : भिन्नता र विश्वासको परिचय

सामसुङ प्लाजाको १४औँ शोरुम : भिन्नता र विश्वासको परिचय


काठमाडौं । नेपालको इलेक्ट्रोनिक बजारमा दर्जनौँ ब्रान्ड प्रतिस्पर्धामा भए पनि सामसुङ उपभोक्ताबीच विश्वसनीयता र गुणस्तरका कारण अग्रस्थानमा उभिएको छ। यही विश्वासलाई अझ मजबुत बनाउन सामसुङ प्लाजाले ललितपुरको भैंसेपाटीमा १४औँ शोरुम सञ्चालनमा ल्याएको छ।

नयाँ शोरुमको उद्घाटन सामसुङ नेपालका प्रबन्ध निर्देशक इनसु किम र गोल्छा समूहका प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रूपमा गरे। उनीहरूले सामसुङ अन्य ब्रान्डभन्दा फरक हुनुको कारण उच्च प्रविधि, दीगो गुणस्तर र ग्राहकमैत्री सेवामा रहेको बताए।

भैंसेपाटीस्थित यो शोरुममार्फत सामसुङका नवीनतम स्मार्टफोन, टेलिभिजन, घरायसी उपकरण र अन्य आधुनिक इलेक्ट्रोनिक सामग्री सहजै उपलब्ध हुनेछन्। उपभोक्ताले अन्य ब्रान्डमा नपाउने विश्वसनीयता, दीर्घकालीन सेवा र निरन्तर प्रविधि सुधार सामसुङमार्फत पाउने विश्वास कम्पनीले जनाएको छ।

कम्पनीका प्रतिनिधिले भने, “हामी बजारमा मात्र होइन, ग्राहकको जीवनशैलीमै परिवर्तन ल्याउने ब्रान्ड हौँ। अरु ब्रान्डहरूले तात्कालिक सुविधा दिन सक्छन्, तर सामसुङ दीर्घकालीन गुणस्तर र भरोसाका कारण फरक छ।”

शोरुम उद्घाटनको अवसरमा ग्राहकलाई विशेष अफर र तालिमप्राप्त कर्मचारीबाट आवश्यक परामर्श दिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : ३७ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि