२०८२, २६ पुस शनिबार

सूर्यविनायक-धुलिखेल सडक विस्तारमा मन्त्री घिसिङको प्रतिवद्धता : बजेट अभाव हुन दिन्नँ

सूर्यविनायक-धुलिखेल सडक विस्तारमा मन्त्री घिसिङको प्रतिवद्धता : बजेट अभाव हुन दिन्नँ


भक्तपुर । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तार परियोजनाको स्थलगत अनुगमन गर्दै आवश्यक बजेट सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अनुगमनका क्रममा उनले मन्त्रालयका अधिकारी, सडक विभागका महानिर्देशक, आयोजना प्रमुख तथा निर्माण व्यवसायीसँग छलफल गर्दै खाल्डाखुल्डी तत्काल मर्मत गरी यातायात सहज बनाउन निर्देशन दिए । साथै, जनशक्ति र उपकरण थप गरी यसै आर्थिक वर्षभित्र सडक विस्तार सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

१५.८ किलोमिटर लामो सडकलाई ६ लेनमा विस्तार गर्ने कार्य अन्तर्गत सूर्यविनायक-साँगा खण्डमा ३९ प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५१ प्रतिशत काम सकिएको छ । समग्रमा ४५ प्रतिशत प्रगति हुँदा ८० प्रतिशत टेवा पर्खाल र नाली निर्माण सम्पन्न भएको छ भने करिब १ किलोमिटरमा कालोपत्रे भएको छ ।

तर, सडक सीमा विवाद, घर-टहरा हटाउने समस्या र बजेटको कमीले काम प्रभावित भएको छ । विभागका महानिर्देशक विजय जैशीका अनुसार यस वर्ष करिब ३ अर्ब बजेट आवश्यक परे पनि हालसम्म ५० करोड मात्र विनियोजन भएको छ । मन्त्री घिसिङले भने, “बजेटको अभाव हुन दिन्नँ, परियोजना समयमा पूरा हुन्छ ।”

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ७ : ३६ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,