२०८२, २० मंसिर शनिबार

मन्त्री महावीर पुनले पदभार ग्रहणपछि भने: “मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु”

मन्त्री महावीर पुनले पदभार ग्रहणपछि भने: “मन्त्रालयमै बस्छु, आफैं पकाएर पनि खान्छु”


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सोमबार शीतल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदभार ग्रहण गरेपछि मन्त्रालयमै बस्ने र मन्त्रालयकै कोठामा आफैं पकाएर खाने बताए। उनले मन्त्री क्वाटर नलिने बताउँदै मन्त्रालयमा एउटा कोठा बनाउने निर्देशन सचिवलाई दिएका छन्। उनले भने, “म जहाँ गएपनि त्यही बस्ने बानी छ। मलाई मन्त्री क्वाटर चाहिंदैन। आफैं खाना पकाएर खान सक्छु।”

महावीरले मन्त्रालयको गाडी कामबाहेक अन्यत्र प्रयोग नगर्ने र सुरक्षाकर्मीको अनावश्यक प्रयोग नगर्ने पनि बताए। साथै, उनले नाम मात्रका समिति नबनाउने, साना भए पनि ठोस र परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। शिक्षा ऐनसम्बन्धी आफूलाई पूर्ण जानकारी नभएको भन्दै उनले विज्ञहरुको सुझाव लिएर काम अघि बढाउने तयारी रहेको बताए। विज्ञान मन्त्रालयले अहिलेसम्म केही ठोस काम गर्न नसकेको स्वीकार्दै उनले छ महिनाभित्र काम गर्ने योजना रहेको पनि जनाए।

उनको यो सरल र पारदर्शी शैलीले आगामी दिनमा शिक्षा तथा विज्ञान क्षेत्रमा नयाँ सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ५ : ५२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको