२०८२, २४ चैत्र बुधबार

श्रीमतीको हत्या गरी फरार कैदी सन्तबहादुर तामाङ आफैं नख्खु कारागार फर्किए

श्रीमतीको हत्या गरी फरार कैदी सन्तबहादुर तामाङ आफैं नख्खु कारागार फर्किए


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२, गागलमा श्रीमतीको हत्या गरेका फरार कैदी सन्तबहादुर तामाङ आफैं नख्खु कारागार फर्किएको खुलासा भएको छ। जबरजस्ती करणीको मुद्दामा जेल सजाय भोगिरहेका तामाङ भदौ २४ गते नख्खु कारागारमा भएको झडपका क्रममा जेलबाट फरार भएका थिए। फरार भएको केही दिनपछि, असोज २ गते राति, उनले श्रीमती मनिषा घ्यावा तामाङ (जमुना) लाई परपुरुषसँग लागेको शंकामा कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या पछि तामाङले शवलाई घर नजिकैको करेसा बारीमा खाल्डो खनी पुरेका थिए। त्यसको भोलिपल्ट, असोज ३ गते, उनी आफैं नख्खु कारागार फर्किए। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख एसपी कोमल शाहले दिएको जानकारी अनुसार, तामाङको गतिविधिप्रति शंका लागेपछि थप अनुसन्धान गरिएको थियो। अनुसन्धानमा श्रीमतीको हत्या गरी शव लुकाएको प्रमाण भेटिएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी टोली खटाई शवको उत्खनन गरियो।

प्रहरी स्रोतका अनुसार, मृतकको शव फोरेन्सिक पोस्टमार्टमका लागि धुलिखेल अस्पतालस्थित फोरेन्सिक मेडिसिन विभागमा लगिएको छ। तामाङको जेल सजाय सकिन एक महिना मात्र बाँकी थियो। तर अब उनीमाथि कर्तव्य ज्यान मुद्दामा पनि अनुसन्धान भइरहेको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार, हत्या आरोपबाट जोगिन र शंका नपरोस् भन्ने उद्देश्यले उनी आफैं जेल फर्किएका हुन्।

तामाङका १२ वर्षीय छोरा र ३ वर्षीया छोरी छन्। परिवारमा परेको यो दुर्घटनाले गाउँमा समेत स्तब्धता छाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ५ : ०२ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि