२०८२, १८ मंसिर बिहीबार

वसन्तपुरको हनुमानढोकाको दसैँ घरमा जमरा राखी बडा दसैँ सुरु (फोटो फिचर)

वसन्तपुरको हनुमानढोकाको दसैँ घरमा जमरा राखी बडा दसैँ सुरु (फोटो फिचर)


काठमाडौँ । नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ। दसैँको पहिलो दिन सोमबार देशभर घटस्थापना गरी देवी दुर्गाको आह्वानसँगै जमरा राखिएको छ।

राजधानी काठमाडौँको ऐतिहासिक वासन्तपुर दरबार क्षेत्रस्थित हनुमानढोकाको दसैँ घरमा पनि वैदिक विधिअनुसार जमरा राखी चाडको औपचारिक सुरुवात गरिएको छ।

दसैँ घरमा वैदिक परम्पराअनुसार शक्ति स्वरूपा देवी दुर्गाको पूजा गरि जौ, मकै र धान छरेर जमरा राखिएको हो। पूजाका क्रममा शङ्ख, घण्टा, डमरु बजाउँदै मन्त्र उच्चारण गरी देवीको आराधना गरिएको थियो। सो अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर परम्परागत रूपमा हर्ष प्रकट गरेको थियो। जमरा राख्ने विधि सम्पन्न हुनुअघि द्वीप, गणेश र कलशको पूजा गरिएको थियो।

वासन्तपुरस्थित हनुमानढोकाको दसैँ घरलाई शाहीकालदेखि विशेष धार्मिक महत्व दिइँदै आएको छ। यहाँ राखिएको जमरा राष्ट्र प्रमुखद्वारा विजयादशमीको दिन ग्रहण गरिने परम्परा छ। यसरी घटस्थापनाका दिनबाट सुरु भएको बडा दसैँको उत्सव दसौँ दिन विजयादशमीसम्म मनाइनेछ। पहिलो दिन घटस्थापनासँगै घर–घरमा देवीको पूजा, उपासना तथा जमरा राख्ने कार्य आरम्भ भएको छ।

तस्विरहरू : बिजेन अमात्य / नेपाल न्यूज बैंक

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : ३६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको