२०८२, ६ आश्विन सोमबार

दशैंलगायतका हिन्दु संस्कारले संस्कृतिलाई जोड्ने काम गर्छ  : पण्डित उत्तम न्यौपाने

दशैंलगायतका हिन्दु संस्कारले संस्कृतिलाई जोड्ने काम गर्छ  : पण्डित उत्तम न्यौपाने


काठमाडौं ।  आश्विन शुक्लपक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुने गर्दछ । यसै दिन जमरा राखिन्छ र घट कलशको स्थापना गरी देवीदेवताको आह्वान गरिन्छ  ।

आश्विन शुक्ल प्रतिपदादेखि लिएर पुर्णिमा पर्यन्तसम्म १५ दिन यसलाई शरदीय नवरात्र भनेर भनिएको पण्डित उत्तम न्यौपानेको भनाइ छ  । नेपाल न्यूज बंैकंसँगको कुराकानीमा शरद पूर्णिमामा शरद कालिन समयमा आउने भएका कारणले गर्दा यसलाई शरदीय नवरात्रको रुपमा मानिएको पनि उल्लेख गरे ।

आश्विन शुक्ल प्रतिपदादेखि लिएर पूर्णिमा पर्यन्तसम्म १५ दिन शरदकालिन समयमा आउने भएका कारणले शरदीय नवरात्रको रुपमा मानिएको उनले बताए । परापूर्व कालमा चैत्र शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म दशैं मनाउने प्रचलन थियो । तर त्यो मौसम बसन्त ऋतुको आगमन सँगसँगै अतिसार हुन लागेका कारणले यसलाई सारिएको अवस्था पनि भगवान रामको प्राकट्यता चैत्र शुक्ल नवमीको दिनमा रह्यो ।

प्रथमत घटस्थापनामा घडा स्थापना गरिन्छ । जौं, सप्त बीजधान्य रोपण गरिन्छ । पंच पल्लवी आदिले घडाहरु सजाइन्छ । अनि दियो–कलश–गणेश गरेर प्रत्येक दिन सप्तशती चण्डीको पाठ गरेर शक्ति आर्जन गर्ने देवीलाई इच्छा मनोकामना पूर्ण गर्दिनुहोस् भनेर पुजा आरधना गरिन्छ । त्यो पाठलाई नवरात्र भनिन्छ ।

वैदिक संस्कार संस्कृतिमा नौवटा द्वारहरु रहेका छन् । जुन नौ दिन पर्यन्त देवीको आराधना गर्ने गरिन्छ । देवीका स्वरूपहरु फरक फरक प्रकृतिका हुन्छन् । अनि विजयको रुपमा अयोध्या नगरीको विजय उत्सवका रुपमा मानिन्छ । रामले रावणलाई वध गरिसकेपछि रातो टिका नौ दिन पर्यन्तसम्म लगाइएको, पुजा गरिएको, पहेंलो जमारा लगाइएको कुरा शास्त्रहरुमा उल्लेख छ ।  साथै ठुलाबडा व्यक्तिहरुबाट पाँच दिनसम्म आशिर्वाद थाप्ने र अन्तिम दिनमा शरद पूर्णिमाको दिनसम्मलाई कोजाग्रत पूर्णिमा भनिन्छ । वडादशैंमा विशेष नौं दिन रहन्छन् र अरु पाँच दिन भनेको आशिर्वाद ग्रहण गर्ने, छोरीचेली, ज्वाई छोराहरु भेटघाट गर्ने अर्थात् ठूलाबढाहरुका घरमा जाने गरिन्छ ।

जमरा राख्ने विधि

घटस्थापना जसलाई हामीले घडाको स्थापना गर्ने दिनलाई घटस्थापना भन्ने गर्छौं । जहाँ गंगा जललाई पूर्णरुपमा भर्ने अनि घडा स्थापना गर्ने अर्थात करुवाहरु स्थापना गर्ने गरिन्छ । नसक्नेले माटोको घडाहरु स्थापना गर्ने, त्यसपछि पञ्चतत्व पाँचवटा गाईको गोबरले ठाडो पारेर टीका लगाए जस्तो बनाइन्छ । अन्नमा जौं प्रतिकका रुपमा रहेको छ भने जौंलाई घटस्थापना गर्दा विधिवत रुपमा फूल–माला, धूप–बत्ती, नैवेद्य–भेटी आदि राखेर पूजा गरिन्छ ।

दशैंको प्रथम दिनदेखि नै चालिसाहरु पाठ गर्दै पूजा गरिन्छ । रक्त चन्दन, अबीर, केशरी, जौं, तिल, फूल, अक्षता, धुप–बत्ती, नैवेद्य, भेटी पुष्पमालाहरु दक्षिणाहरु चढाएर फलफूल, नैवेद्य, भेटी गरेर शंख–घण्ट मृदुङ्गा बजाएर प्रातः समयमा दुर्गामाता,  काली, जगत जननीको पुजा गरिन्छ । अनि सन्ध्याकालिन समयमा पनि धुप, बत्ती, नैवेद्य, बेटी गर्ने र सन्ध्या आरती गर्ने गरिन्छ । घटस्थापना भन्नु वा नवरात्र भनेको नौ वटा रात्रीहरुमध्ये घटस्थापना भनेको प्रथम दिनलाई जनाइन्छ ।

आश्विन महिना लागिसकेपछि शरदीय नवरात्रको आगमन सँगसँगै खेत बारीहरुमा फलफूल, सागसब्जी, बोडी, फर्सी, घिरौंला प्रसन्न हुने गरेको पाइन्छ ।  खेतमा पहेंलपुर रुपमा धान पाक्न थाल्छ । हिन्दु संस्कृति–संस्कार प्रकृतिको पुजक हुन् ।

नेपाल न्यूज बैक

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : १५ बजे

वसन्तपुरको हनुमानढोकाको दसैँ घरमा जमरा राखी बडा दसैँ सुरु (फोटो फिचर)

काठमाडौँ । नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको

काठमाडौँको काल भैरव : इतिहास र जनविश्वास

काठमाडौं । काल भैरव काठमाडौँको हनुमानढोका दरबार क्षेत्र (दरबार स्क्वायर)

रास्वपाको केन्द्रीय समिति बैठक मंगलबार, आगामी रणनीति तय गर्ने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक

डा. संगीता मिश्राको स्वास्थ्य मन्त्री नियुक्ति रोकियो, अख्तियारको छानबिन जारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले डा. संगीता कौशल मिश्रालाई स्वास्थ्य

विदेशी मुद्राको विनिमय दर आजका लागि सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय