२०८२, २६ पुस शनिबार

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस

सञ्‍चारमन्त्रीमा जगदीश खरेलको नाम सिफारिस


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वका लागि सञ्चारकर्मी जगदीश खरेलको नाम सिफारिस गरेकी छन्। प्रधानमन्त्री कार्कीले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम औपचारिकरूपमा सिफारिस गरेकी हुन्।

दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील खरेल इमेज टिभीका समाचार प्रमुख समेत भइसकेका छन्। उनी लामो समयदेखि चर्चित अन्तर्वार्ता कार्यक्रम ‘हट सिट’ सञ्चालन गर्दै आएका थिए, जसले राजनीतिक र सामाजिक विषयमा गहिरो बहसको वातावरण सिर्जना गर्ने गरेको थियो। खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् भने अहिले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधि (PhD) गरिरहेका छन्।

सञ्चारमन्त्री पदका लागि सिफारिस गरिएका खरेल कुनै राजनीतिक दलमा औपचारिक रूपमा आबद्ध छैनन्। प्रधानमन्त्री कार्कीले राजनीतिक दलभन्दा बाहिरका विज्ञ व्यक्तिहरूलाई सरकारमा ल्याउने नीति अनुरूप खरेललाई सिफारिस गरेकी हुन्। यो कदमलाई पेशागत योग्यता र निष्पक्षतालाई प्राथमिकता दिएको संकेतको रूपमा हेरिएको छ । दोलखा निवासी खरेलको नाम सार्वजनिक भएपछि सञ्चार तथा राजनीतिक वृत्तमा स्वागत र चर्चा दुवै भइरहेको छ । केहीले यो नियुक्तिलाई सकारात्मक परिवर्तनको संकेत मानेका छन् भने केहीले प्रधानमन्त्रीको निर्णयमाथि थप स्पष्टता र जवाफदेहिता अपेक्षा गरेका छन्।

राष्ट्रपतिबाट सिफारिस स्वीकृत भएपछि खरेलले छिट्टै पद तथा गोपनीयताको शपथ लिनेछन्।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ९ : १५ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,