२०८२, १८ मंसिर बिहीबार

यसपालि हिले दसैं हुने सम्भावना, फूलपातीपछि मनसुन सक्रिय हुने प्रक्षेपण

यसपालि हिले दसैं हुने सम्भावना, फूलपातीपछि मनसुन सक्रिय हुने प्रक्षेपण

मनसुन अझै दुई हप्ता सक्रिय रहने अनुमान


काठमाडौं । सोमबारबाट सुरु हुने दशैंको बेला देशभर हिले दसैं हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। हाल देशभर मनसुन कमजोर भए पनि फूलपातीपछि पुनः सक्रिय हुने संकेत देखिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार, घटस्थापनादेखि फूलपातीसम्म देशको अधिकांश भागमा मनसुन खासै सक्रिय नहुने देखिएको छ। यसबीच घाम देखिने सम्भावना पनि रहेको छ। यद्यपि, बेलुका र रातको समयमा कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना रहेको उनले बताए।

“अर्को हप्ताबाट मौसम फेरि सक्रिय हुँदैछ,” पोखरेलले भने, “यसका आधारमा हेर्दा दसैंको मुख्य दिनहरूमा वर्षाको सम्भावना धेरै छ।” उनका अनुसार, यसपटक दसैंमा देशका धेरै स्थानमा हिले दसैं पर्नेछ।

मौसमविद्हरूले यसपटक मनसुन अघिल्लो वर्षभन्दा ढिला गरी बाहिरिने प्रक्षेपण गरेका छन्। अघिल्लो वर्ष १२ अक्टोबर मा मनसुन बाहिरिएको थियो। यद्यपि, यो वर्ष मनसुन समयमै भित्रिए पनि (जेठ १५ अगावै) बाहिरिन अझै कम्तीमा दुई हप्ता लाग्ने अनुमान गरिएको छ।

हाल बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने कोशी र मधेस क्षेत्रमा मौसम खुलेको देखिएको छ। देशव्यापी रूपमा मनसुन कमजोर भएकाले केही दिन घाम लाग्ने अवस्था रहे पनि दसैंको मुख्य दिनहरूमा फेरि पानी पर्ने सम्भावना मौसम पूर्वानुमान मोडलहरूले देखाएका छन्।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ७ : १६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको