२०८२, २३ चैत्र मंगलबार

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो : सडक खुलाउने प्रयास जारी

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो : सडक खुलाउने प्रयास जारी

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइन खोलानजिक खसेको लगातारको पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडकखण्ड खुलाउने प्रयास आज बिहानैदेखि तीव्र पारिएको छ। शुक्रबार रातिदेखि नै सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सैकडौं यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पन्छाउन दुबै तर्फ-मुग्लिन र नारायणगढ साइडबाट-मेसिनहरू परिचालन गरी काम भइरहेको छ। यद्यपि, पहिरो खस्ने क्रम अझै पनि नरोकिएकाले काममा अवरोध भइरहेको छ। थप पहिरो नखसे र मौसम अनुकूल रहेमा छिट्टै सडक खुलाउने सम्भावना रहेको कार्यालयले जनाएको छ।

सडक अवरुद्ध हुँदा दुवैतर्फ हजारौं सवारी साधनको लामो लाइन लागेको छ। यात्रुहरू रातिदेखि बाटोमै रोकिएका छन्। स्थिति गम्भीर बनेपछि जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीले शनिबार दिउँसो र बेलुकी अलपत्र यात्रुहरूका लागि पानी र खानाको व्यवस्था गरेका छन्। यस्तै, राजमार्ग किनारमा रहेका व्यवसायीहरूलाई यात्रुहरूलाई सहजीकरण गर्न प्रशासनले अपिलसमेत गरेको छ।

सडक खुल्न अझै समय लाग्ने देखिएकाले सडक डिभिजन कार्यालय भरतपुरले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । वैकल्पिक मार्गमा नौबिसे–दामन–हेटौंडा मार्ग , मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट (कालीगण्डकी करिडोर) समावेश छन् ।

दशैं नजिकिँदै गर्दा देशकै व्यस्त मानिने मुग्लिन–नारायणगढ सडकखण्ड बन्द हुँदा यात्रुहरू थप समस्यामा परेका छन्। शनिबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आपत्कालीन बैठक बसेको थियो।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ६ : ५० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि