२०८२, २६ पुस शनिबार

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो : सडक खुलाउने प्रयास जारी

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो : सडक खुलाउने प्रयास जारी

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइन खोलानजिक खसेको लगातारको पहिरोका कारण अवरुद्ध बनेको मुग्लिन-नारायणगढ सडकखण्ड खुलाउने प्रयास आज बिहानैदेखि तीव्र पारिएको छ। शुक्रबार रातिदेखि नै सडक पूर्ण रूपमा अवरुद्ध हुँदा सैकडौं यात्रुहरू बाटोमै अलपत्र परेका छन्।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पन्छाउन दुबै तर्फ-मुग्लिन र नारायणगढ साइडबाट-मेसिनहरू परिचालन गरी काम भइरहेको छ। यद्यपि, पहिरो खस्ने क्रम अझै पनि नरोकिएकाले काममा अवरोध भइरहेको छ। थप पहिरो नखसे र मौसम अनुकूल रहेमा छिट्टै सडक खुलाउने सम्भावना रहेको कार्यालयले जनाएको छ।

सडक अवरुद्ध हुँदा दुवैतर्फ हजारौं सवारी साधनको लामो लाइन लागेको छ। यात्रुहरू रातिदेखि बाटोमै रोकिएका छन्। स्थिति गम्भीर बनेपछि जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीले शनिबार दिउँसो र बेलुकी अलपत्र यात्रुहरूका लागि पानी र खानाको व्यवस्था गरेका छन्। यस्तै, राजमार्ग किनारमा रहेका व्यवसायीहरूलाई यात्रुहरूलाई सहजीकरण गर्न प्रशासनले अपिलसमेत गरेको छ।

सडक खुल्न अझै समय लाग्ने देखिएकाले सडक डिभिजन कार्यालय भरतपुरले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिएको छ । वैकल्पिक मार्गमा नौबिसे–दामन–हेटौंडा मार्ग , मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट (कालीगण्डकी करिडोर) समावेश छन् ।

दशैं नजिकिँदै गर्दा देशकै व्यस्त मानिने मुग्लिन–नारायणगढ सडकखण्ड बन्द हुँदा यात्रुहरू थप समस्यामा परेका छन्। शनिबार दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आपत्कालीन बैठक बसेको थियो।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  ६ : ५० बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,