२०८२, १८ मंसिर बिहीबार

रास्वपा नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा जेल चलान

रास्वपा नेता हरिप्रसाद कँडेल नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा जेल चलान


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र निर्माणमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता हरिप्रसाद कँडेललाई रुपन्देही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

चितवनको कालिका नगरपालिका–५ पदमपुर निवासी कँडेललाई भदौ ४ गते रुपन्देही प्रहरीले चितवनबाट पक्राउ गरेको थियो। उनी रास्वपाको बागमती प्रदेश प्रशिक्षण विभागका संयोजक थिए।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम अर्यालको इजलासले कँडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशअनुसार अब कँडेल मुद्दाको अन्तिम फैसलासम्म जेलमै रहनेछन्।

रुपन्देही प्रहरीले साउन ३० गते बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर नौबस्ती निवासी २५ वर्षीय अभिषेक यादवलाई विभिन्न विश्वविद्यालयका नक्कली शैक्षिक प्रमाणपत्र र ती बनाउन प्रयोग हुने सामग्रीसहित पक्राउ गरेको थियो। यादवको साथबाट नेपाली तथा भारतीय विश्वविद्यालयका नक्कली प्रमाणपत्र बरामद गरिएको थियो।

यादवको प्रारम्भिक बयानका आधारमा अनुसन्धान अघि बढाउँदै प्रहरीले कँडेललाई पक्राउ गरेको थियो। उनीमाथि प्रमाण संकलनपछि मुद्दा दायर गरिएको थियो।

कँडेल पक्राउ परेपछि रास्वपाले उनलाई तत्काल पार्टीबाट निलम्बन गरेको थियो। भदौ ५ गते उनी साधारण सदस्यतासमेत नरहने गरी निलम्बनमा परेका थिए।

जिल्ला अदालतमा केही दिनअघि आदेश भए पनि अदालत भवनमा भएको जेनजी आन्दोलनको क्रममा विभिन्न अभिलेख जलेका कारण उक्त जानकारी सार्वजनिक हुन ढिलाइ भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२, ४ आश्विन शनिबार  ९ : ०१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको