२०८२, २३ चैत्र मंगलबार

काठमाडौं प्रहरीमा व्यापक सरूवा, एसएसपी रमेश थापा बने नयाँ प्रमुख

काठमाडौं प्रहरीमा व्यापक सरूवा, एसएसपी रमेश थापा बने नयाँ प्रमुख


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंमा एकैपटक ६ जना वरिष्ठ प्रहरी अधिकृतहरूको सरूवा गरिएको छ । पछिल्ला समय काठमाडौंमा भएका प्रदर्शनहरू र त्यसक्रममा देखिएको प्रहरी प्रशासनको कमजोरीप्रति व्यापक आलोचना भएपछि उच्च तहमा व्यापक रूपले जिम्मेवारी हेरफेर गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीको स्थानमा प्रहरी प्रधान कार्यालय, नक्सालमा सहप्रवक्ताका रूपमा कार्यरत एसएसपी रमेश थापा लाई पठाइएको छ। अधिकारी माघ महिनामा मात्र काठमाडौं आएका थिए ।

प्रहरी स्रोतका अनुसार पछिल्लो भदौ २३ र २४ गते काठमाडौंमा भएको प्रदर्शनको क्रममा देखिएको समन्वयहीनता र ढिलासुस्तीका कारण प्रहरीको आलोचना चुलिएको थियो। यसअघि पनि गत चैत १५ गतेको घटनामा सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएको भन्दै प्रश्न उठाइएको थियो ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार  ८ : ३८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि