२०८२, २६ फाल्गुन बुधबार

सेनाका २२ जना सवार ट्रक दुर्घटना, ६ गम्भीरसहित १६ घाइते

सेनाका २२ जना सवार ट्रक दुर्घटना, ६ गम्भीरसहित १६ घाइते


हेटौंडा । नेपाली सेनाका २२ जना जवान सवार ट्रक मंगलबार दिउँसो मकवानपुर र बाराको सिमानास्थित चुरियामाई क्षेत्रमा दुर्घटनामा परेको छ। दुर्घटनामा परी १६ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार, दिउँसो करिब २:५० बजे हेटौंडा उपमहानगरपालिका–१५ र जितपुर सिमरा उपमहानगरपालिका–२२ को सीमामा पर्ने स्थानमा उक्त दुर्घटना भएको हो।
दुर्घटना स्थल चुरियामाई पुल नजिकै पर्छ, जहाँबाट लु १ ग २८० नम्बरको सेनाको ट्रक अनियन्त्रित भई १०–१२ फिट तल खोल्सामा खसेको हो।

घाइतेहरूको अवस्था

दुर्घटनामा १६ जना सैनिक कर्मचारी घाइते भएका छन्। तीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ।
गम्भीर घाइतेहरूमा:

  • हुद्दा चक्रबहादुर बोहरा
  • हुद्दा हिरामान माझी
  • अमलदार टिकाराम कँडेल
  • अमलदार सुनिल चौधरी
  • प्युठ भरत विक
  • सिपाही रोहित पाण्डे

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार  ७ : ५० बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा