२०८२, १८ कार्तिक सोमबार

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते


रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मंगलबार बिहान करिब ११ बजे भएको उक्त दुर्घटना विगु–६ स्थित आलम्पुमा भएको हो।

दोलखा प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनामा ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको छ। उनी विगु गाउँपालिका–६ आलम्पुका बासिन्दा हुन्।

ट्याक्टरमा सवार अन्य तीन जना — कुबेर थामी (३५), पलबहादुर थामी (५७) र आशिष थामी (१५) घाइते भएका छन्। उनीहरू सबै आलम्पुका स्थानीय हुन्। घाइतेलाई तत्काल उद्धार गरी सिंगटीस्थित स्वास्थ्य संस्थातर्फ पठाइएको दोलखा प्रहरीले जनाएको छ।

दुर्घटना प्रदेश १–०१००१ त ८८७२ नम्बरको ट्याक्टर विगु–६ स्थित ढुंगाखानीतर्फ जाँदै गर्दा भएको हो। कच्ची सडकमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार, ट्याक्टरमा सो समयमा चार जना सवार थिए। दुर्घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ५ : ०६ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या