२०८२, १८ चैत्र बिहीबार

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते


रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। मंगलबार बिहान करिब ११ बजे भएको उक्त दुर्घटना विगु–६ स्थित आलम्पुमा भएको हो।

दोलखा प्रहरीले दिएको जानकारी अनुसार, दुर्घटनामा ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको छ। उनी विगु गाउँपालिका–६ आलम्पुका बासिन्दा हुन्।

ट्याक्टरमा सवार अन्य तीन जना — कुबेर थामी (३५), पलबहादुर थामी (५७) र आशिष थामी (१५) घाइते भएका छन्। उनीहरू सबै आलम्पुका स्थानीय हुन्। घाइतेलाई तत्काल उद्धार गरी सिंगटीस्थित स्वास्थ्य संस्थातर्फ पठाइएको दोलखा प्रहरीले जनाएको छ।

दुर्घटना प्रदेश १–०१००१ त ८८७२ नम्बरको ट्याक्टर विगु–६ स्थित ढुंगाखानीतर्फ जाँदै गर्दा भएको हो। कच्ची सडकमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक श्रीराम तिमल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार, ट्याक्टरमा सो समयमा चार जना सवार थिए। दुर्घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ५ : ०६ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर