२०८२, २९ माघ बिहीबार

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सामूहिक शवयात्रा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सामूहिक शवयात्रा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि


काठमाडौं । भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका १० जना युवाको आज काठमाडौंमा सामूहिक शवयात्रा निकालिएको छ। त्रिवि शिक्षण अस्पताल (टिचिङ) बाट सुरु गरिएको शवयात्रा चक्रपथ परिक्रमा गराउँदै पशुपति आर्यघाटतर्फ अघि बढेको हो।

गत भदौ २३–२४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीको बल प्रयोगपछि गम्भीर घाइते भएका प्रदर्शनकारीहरू उपचारका क्रममा निधन भएका थिए। तीमध्ये १० जनाको शव आज सार्वजनिक रूपमा श्रद्धाञ्जलिसहित अन्त्येष्टिका लागि लगिएको हो ।

शवयात्रामा हजारौँ नागरिक, आन्दोलनकारी, मानवअधिकारकर्मी, चिकित्सक, विद्यार्थी, तथा राजनीतिक दलका प्रतिनिधिहरू सहभागी थिए। उनीहरूले “भ्रष्टाचारको अन्त्य गर”, “बलिदानीको रगत खेर जान दिन्नौं” जस्ता नारा लगाउँदै शान्तिपूर्ण रूपमा शवयात्रामा सहभागी भएका थिए।

१० जना मृतकमध्ये ४ जनाको अन्त्येष्टि काठमाडौंको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ सम्पन्न गरिएको छ। बाँकी ६ जनाको शवलाई आर्मीको हेलिकप्टरमार्फत उनीहरूको गृहजिल्ला पुर्‍याइने र त्यहीँ अन्त्येष्टि गरिने व्यवस्था मिलाइएको छ।

शवयात्राअघि त्रिवि शिक्षण अस्पताल परिसरमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको थियो। सभामा मृतकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै वक्ताहरूले राज्यको दमनकारी चरित्रको विरोध गरे। उनीहरूले शान्तिपूर्ण आन्दोलनमाथि गरिएको बल प्रयोगलाई गैर लोकतान्त्रिक, अमानवीय र संविधानविपरीत भनेका थिए।

सरकारले घटनाबारे औपचारिक धारणा सार्वजनिक नगरेको भन्दै मृतकका परिवारजन, नागरिक समाज र आन्दोलनरत समूहहरू आक्रोशित बनेका छन्। उनीहरूले दोषीमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

‘जेनजी आन्दोलन’ पछिल्ला पुस्ताको आक्रोशको प्रतिफलका रूपमा सुरु भएको हो। भ्रष्टाचार, बेरोजगारी, शैक्षिक असमानता, र सेवाप्रवाहमा देखिएको चरम विकृति विरुद्ध युवाहरू सडकमा उत्रिएका थिए। सामाजिक सञ्जालबाट सुरु भएको आन्दोलन छोटो समयमै देशव्यापी बनेको थियो।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ३ : १३ बजे

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं.

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार