२०८२, ३१ भाद्र मंगलबार

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी


काठमाडौ । हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण देशभर विभिन्न स्थानमा वर्षा भइरहेको छ भने केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालतिर प्रवेश गरिरहेकाले वर्षाको गतिविधिमा वृद्धि भएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान (भारत) आसपास अवस्थित रहँदा यसले नेपालमा समेत प्रभाव पारिरहेको महाशाखाले जानकारी दिएको छ।

मंगलबार देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको समेत विभागले चेतावनी दिएको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरूमा पनि भारी वर्षाको सम्भावना रहेको जनाइएको छ।

वर्षाका कारण बाढी, पहिरो तथा सडक अवरुद्धजस्ता घटनाहरूको जोखिम बढ्न सक्ने भएकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।

यात्रा गर्नेहरू, नदी आसपास बसोबास गर्नेहरू र जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२, ३१ भाद्र मंगलबार  ७ : १० बजे

पाथीभारा माताको दर्शन गरौ

पाथीभारा देवी मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रमुख

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक । मनसुनका कारण महिनौँदेखि रातको समयमा सवारी आवागमनमा रोक

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ

जनकपुर । जनकपुरधाममा जारी जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४१ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौ । हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण देशभर विभिन्न