२०८२, १८ चैत्र बिहीबार

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त


काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता सविता भण्डारी देशको महान्यायाधिवक्ता पदमा नियुक्त भएकी छन्। उनी नेपालको प्रथम महिला महान्यायाधिवक्ता बन्न सफल भएकी हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले भण्डारीलाई महान्यायाधिवक्ताको पदमा नियुक्त गरेका हुन्। यसअघि महान्यायाधिवक्ताका रूपमा कार्यरत रमेश बडालले राजीनामा दिएपछि उक्त पद खाली भएको थियो। बडालको राजीनामा स्वीकृत गरेसँगै भण्डारीले जिम्मेवारी सम्हाल्ने अवसर पाएकी हुन्।

सविता भण्डारीले विगत दुई दशकभन्दा बढी समयदेखि कानुनी क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्। मानव अधिकार, संवैधानिक कानुन तथा न्याय प्रणाली सुधारका क्षेत्रमा उनको योगदान उल्लेखनीय रहँदै आएको छ।

महान्यायाधिवक्ता सरकारका प्रमुख कानुनी सल्लाहकार हुन् र अदालतमा सरकारको तर्फबाट कानुनी मुद्दा प्रस्तुत गर्ने जिम्मेवारी समेत उनीसँग रहनेछ।

भण्डारीको नियुक्तिसँगै नेपालको न्याय प्रणालीमा महिलाको सहभागिता र नेतृत्व थप सशक्त हुने विश्वास लिइएको छ। विभिन्न महिला अधिकारवादी संस्थाहरूले भण्डारीको नियुक्तिलाई लैंगिक समानता र समावेशी प्रतिनिधित्वतर्फको सकारात्मक कदमका रूपमा स्वागत गरेका छन्।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : २५ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर