२०८२, १८ मंसिर बिहीबार

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै


काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी आवागमन शनिबारदेखि पुनः सामान्य बन्दै गएको छ।

शुक्रबार केही गाडी सीमित रूपमा चले पनि शनिबार बिहानैदेखि सार्वजनिक बस, ट्याक्सी लगायतका सवारी साधन बाक्लो संख्यामा सञ्चालनमा आएका छन्। चितवनबाट पनि काठमाडौंका लागि बसहरू छुटेका छन् । जेनजी आन्दोलन अन्तर्गत भएको प्रदर्शनका कारण मंगलबारदेखि उपत्यकाभर सवारी ठप्प भएको थियो। सुरक्षाको कारण सेनाले कर्फ्युसमेत लगाएको थियो। शनिबार बिहान कर्फ्यु हटाइएसँगै जनजीवन सहज बन्दै गएको हो ।

पसलहरू क्रमशः खुल्न थालेका छन् भने प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरूमा सरसफाइको काम सुरु गरिएको छ। सुरक्षाको लागि तैनाथ गरिएको नेपाली सेना शनिबार बिहानदेखि सडकबाट फिर्ता भइसकेको छ ।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार  १० : ३९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको