२०८२, २४ चैत्र बुधबार

हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द


काठमाडौं । देशभर फैलिएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु ठप्प भएका छन् । विमानस्थल सुरक्षा प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार आन्तरिक उडानमा बिहानदेखि यात्रु संख्या न्यून भएकाले धेरै उडानहरू बन्द भएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा भने काठमाडौं विमानस्थलमा अवतरण गर्नुपर्ने जहाजहरूले अवतरण गर्न अस्वीकार गरेपछि विमानस्थल पूर्ण रूपमा बन्द भएको छ। विदेशबाट आउने जहाजहरू अवतरण गर्न नसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विश्वका विभिन्न मुलुकमा हुने उडानहरू पनि प्रभावित भएका छन् ।

काठमाडौंको हिंसा बढेसँगै भारतका विभिन्न विमानस्थलहरूमा काठमाडौंका लागि आउने जहाजहरू अवतरण भएका छन् भने कतिपय जहाजहरू त सोही ठाउँ फर्किएका छन् ।

विमानस्थलको यस अवस्थाले यात्रुहरूमा व्यापक असुविधा परेको छ र त्रिविको संचालन कहिलेसम्म सामान्य अवस्थामा फर्किन्छ भन्ने अहिले निश्चित छैन ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  २ : २१ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि