२०८२, १८ चैत्र बिहीबार

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए

कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिए


काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले आइतबारको जेनजी आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगप्रति गहिरो क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिएका छन् ।

राजीनामा पत्रमार्फत मन्त्री अधिकारीले शान्तिपूर्ण आन्दोलनमाथिको हिंसात्मक दमनलाईूअलोकतान्त्रिक कार्यू भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले भनेका छन्, “लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार हो। तर त्यसको सट्टा व्यापक दमन, हत्या र बल प्रयोग भयो। हामी लोकतन्त्र होइन, तानाशाहीतर्फ उन्मुख हुँदैछौं भन्ने डर लाग्न थाल्यो ।” उनले आन्दोलनमा सहभागी स(साना छोराछोरीहरूमाथि भएको हिंसाप्रति दुःख व्यक्त गर्दै प्रश्न गरेका छन्, “देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्धजस्तो व्यवहार हुन पुग्योरु” राजीनामा पत्रमा अधिकारीले लेखेका छन्, “सरकारमा बसिरहनु मेरो नैतिकता र दलले दिएको शिक्षाको उल्लङ्घन हुनेछ। त्यसैले जनसमक्ष क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिएको छु।”

आइतबार जेनजी आन्दोलनका क्रममा प्रहरीले चलाएको गोलीबाट १९ जना युवाको मृत्यु भएको थियो। घटनापछि देशभरि व्यापक जनआक्रोश फैलिएको छ। मन्त्री अधिकारी हालसम्म उक्त घटनाको जिम्मेवारी लिँदै राजीनामा दिने पहिलो मन्त्री बनेका हुन्।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार  १० : २१ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर