२०८२, २३ भाद्र सोमबार

ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते, अधिकांशमा गोलीका चोट  (नामावली)

ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते, अधिकांशमा गोलीका चोट  (नामावली)


काठमाडौं । जेनजीहरूको प्रदर्शनका क्रममा घाइते हुनेहरूको संख्या लगातार बढिरहेको छ । सोमबार सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु भएको प्रदर्शन हिंसात्मक रूप लिँदै गर्दा १४ जनाको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन् ।

विभिन्न अस्पतालहरूमा घाइतेहरूको उपचार जारी छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ४९ जना घाइतेहरू उपचाररत छन्। अन्य अस्पतालहरूमा समेत घाइतेहरूको उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकहरूले जानकारी दिएका छन् कि अधिकांश घाइतेहरूलाई गोली लागेको छ । “गोली लागेका बिरामीहरू धेरै छन्, रबरको गोली र छर्रा लागेको पनि देखिएको छ,” चिकित्सकहरूले बताएका छन् ।

सरकारी स्वास्थ्य निकायहरूले घाइतेहरूको प्रभावकारी उपचारमा जुटेको बताउँदै सबै आवश्यक कदम चालिरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ५ : ०९ बजे

सामाजिक सञ्जाल नियमनबिनै खोल्न सकिँदैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध

जेनजी आन्दोलनमा माओवादी कार्यकर्ता यादब सिंहको घुसपैठ

काठमाडौं । हालै जेनजी पुस्ताद्वारा सञ्चालन गरिएको सामाजिक सञ्जाल बन्द

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी

रुपन्देहीमा कांग्रेस नेता बालकृष्ण खाँणको घर तोडफोड, कांग्रेस र एमाले कार्यालयमा आगजनी

रुपन्देही । जेनजी पुस्ताका युवाहरूले सोमबार प्रदर्शनका क्रममा पूर्व गृहमन्त्री

पाथिभरा माताले हामी सबैकोा रक्षा गरुण

कविता हे पाथिभरा माता,तपाईंको पवित्र चरणमाहाम्रो मन सधैं समर्पित रहोस्।