२०८२, २१ मंसिर आईतबार

माओवादी केन्द्रमा गुटबन्दी र नेतृत्‍व संकट : पार्टी कमजोर बन्दै, संगठन भित्रै छ विखण्डनका बादल

माओवादी केन्द्रमा गुटबन्दी र नेतृत्‍व संकट : पार्टी कमजोर बन्दै, संगठन भित्रै छ विखण्डनका बादल


काठमाडौं । नेकपा माओवादी केन्द्रमा बढ्दो गुटबन्दी र नेतृत्व संघर्षले पार्टी संगठनलाई कमजोर पारिरहेको छ । हालै सम्पन्न अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा देखा परेको विवादले माओवादी केन्द्रको अस्तित्वमाथि प्रश्न उठाएको छ ।

पार्टीको महिला संगठनको सम्मेलन अध्यक्ष चयनका कारण स्थगित हुनुपर्ने स्थिति आयो भने, भदौ २० गते कोटेश्वरको ‘ए वन क्याफे’मा भएको गोप्य बैठकले पार्टीको आन्तरिक विवादलाई थप उजागर गर्‍यो । उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्डको नाममा नेताहरूले गुटबन्दी गरेपछि संगठनका करिब १४०० महिला प्रतिनिधि निराश हुँदै घर फर्किन बाध्य भएका थिए ।

यो गुटबन्दी केवल महिला संगठनमा मात्र सीमित छैन । माओवादीका विद्यार्थी र युवा संगठनमा पनि नेतृत्व विवाद र हस्तक्षेपले संगठनात्मक कमजोरी ल्याएको पाइन्छ । यस्ता अन्तर्विरोधहरूले पार्टी एकतामा कमी ल्याएको र निर्वाचन प्रक्रियालाई समेत प्रभावित बनाएको पार्टी स्रोतहरूले बताउँछन् ।

विश्लेषकहरूका अनुसार, पार्टीभित्र नेताहरूले स्वार्थमा केन्द्रित भएर संगठनात्मक विकासलाई पछाडि सार्दा जनमत र संगठन दुवै कमजोर भएका छन् । विगतमा ‘जनयुद्ध’का नायकहरू पार्टी एकता र जनअधिकारको मुद्दामा कम ध्यान दिन थालेको गुनासो बढिरहेको छ।

पार्टीको शीर्ष नेतृत्वले पनि यस्ता गुटबन्दी र हस्तक्षेपलाई नियन्त्रण गर्न असफल भएपछि संगठन विखण्डनको प्रक्रिया तिव्र भएको देखिन्छ । यसले आगामी चुनावी मोडमा माओवादी केन्द्रको राजनीतिक प्रभावमा ठुलो प्रभाव पार्न सक्ने सम्भावना छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ९ : ५९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको