२०८२, २६ फाल्गुन बुधबार

माओवादी केन्द्रमा गुटबन्दी र नेतृत्‍व संकट : पार्टी कमजोर बन्दै, संगठन भित्रै छ विखण्डनका बादल

माओवादी केन्द्रमा गुटबन्दी र नेतृत्‍व संकट : पार्टी कमजोर बन्दै, संगठन भित्रै छ विखण्डनका बादल


काठमाडौं । नेकपा माओवादी केन्द्रमा बढ्दो गुटबन्दी र नेतृत्व संघर्षले पार्टी संगठनलाई कमजोर पारिरहेको छ । हालै सम्पन्न अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सातौँ राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदमा देखा परेको विवादले माओवादी केन्द्रको अस्तित्वमाथि प्रश्न उठाएको छ ।

पार्टीको महिला संगठनको सम्मेलन अध्यक्ष चयनका कारण स्थगित हुनुपर्ने स्थिति आयो भने, भदौ २० गते कोटेश्वरको ‘ए वन क्याफे’मा भएको गोप्य बैठकले पार्टीको आन्तरिक विवादलाई थप उजागर गर्‍यो । उक्त बैठकमा पार्टी अध्यक्ष प्रचण्डको नाममा नेताहरूले गुटबन्दी गरेपछि संगठनका करिब १४०० महिला प्रतिनिधि निराश हुँदै घर फर्किन बाध्य भएका थिए ।

यो गुटबन्दी केवल महिला संगठनमा मात्र सीमित छैन । माओवादीका विद्यार्थी र युवा संगठनमा पनि नेतृत्व विवाद र हस्तक्षेपले संगठनात्मक कमजोरी ल्याएको पाइन्छ । यस्ता अन्तर्विरोधहरूले पार्टी एकतामा कमी ल्याएको र निर्वाचन प्रक्रियालाई समेत प्रभावित बनाएको पार्टी स्रोतहरूले बताउँछन् ।

विश्लेषकहरूका अनुसार, पार्टीभित्र नेताहरूले स्वार्थमा केन्द्रित भएर संगठनात्मक विकासलाई पछाडि सार्दा जनमत र संगठन दुवै कमजोर भएका छन् । विगतमा ‘जनयुद्ध’का नायकहरू पार्टी एकता र जनअधिकारको मुद्दामा कम ध्यान दिन थालेको गुनासो बढिरहेको छ।

पार्टीको शीर्ष नेतृत्वले पनि यस्ता गुटबन्दी र हस्तक्षेपलाई नियन्त्रण गर्न असफल भएपछि संगठन विखण्डनको प्रक्रिया तिव्र भएको देखिन्छ । यसले आगामी चुनावी मोडमा माओवादी केन्द्रको राजनीतिक प्रभावमा ठुलो प्रभाव पार्न सक्ने सम्भावना छ।

प्रकाशित मिति : २०८२, २३ भाद्र सोमबार  ९ : ५९ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा