२०८२, १८ चैत्र बिहीबार

सर्वोच्चले सामाजिक सञ्जाल निष्क्रिय गर्ने रिट अस्वीकार, सरकारको कदमलाई कानुनी मान्यता

सर्वोच्चले सामाजिक सञ्जाल निष्क्रिय गर्ने रिट अस्वीकार, सरकारको कदमलाई कानुनी मान्यता


काठमाडौं । सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयविरुद्ध पेश भएको रिट निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

अधिवक्ता ड . सुनिलरंजन सिंहले प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर दिएको रिट दर्ता नगर्ने आदेश रजिष्ट्रार मानबहादुर कार्कीले जारी गरेका हुन् । सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा दर्ता गराउने नियम लागू गरेको छ । सूचीकृत नभएका प्लेटफर्मलाई निष्क्रिय गर्ने निर्णय अदालतले कानुनी मान्यता दिएको छ। गत असोज १३ मा सर्वोच्चको बृहत पूर्ण इजलासले पनि यससम्बन्धी आदेश जारी गरिसकेको छ ।

यसअघि दिनेश त्रिपाठीसहितका १० जना अधिवक्ताहरूले सामाजिक सञ्जाल निष्क्रिय गर्ने निर्णयविरुद्ध रिट दर्ता गराएका थिए, तर सबै रिटहरू पनि अस्वीकार गरिएका छन् । अदालतले डिजिटल मिडिया नियमन निर्देशिका, २०८० लाई पूर्ण वैध ठहर गर्दै सरकारको कदमलाई सुदृढ पारेको छ ।

यो निर्णयले सरकारलाई सामाजिक सञ्जाल नियमनमा कडा कदम चाल्न स्पष्ट अधिकार दिएको छ। सरकार र सर्वोच्चको यो सहमति डिजिटल माध्यममा अनुशासन र नियमन कायम गर्न निर्णायक भूमिका खेल्नेछ ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ८ : ०६ बजे

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले

एमालेको आक्रामक प्रस्तुति : ओली-लेखक पक्राउ ‘संविधानविपरीत’ तत्काल रिहाइको माग

काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकमै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारविरुद्ध

सुशासनको वेग रोकिँदैन, प्रतिशोध दोहोरिँदैन : रवि लामिछाने

काठमाडौं । रवि लामिछानेले प्रतिपक्षमाथि प्रतिशोधको राजनीति नदोहोरिने स्पष्ट प्रतिबद्धता

‘मिडियामाथि सरकारी नाकाबन्दी : प्रेस स्वतन्त्रतामाथि खुला आक्रमण’

काठमाडौं । सरकारले सरकारी विज्ञापनलाई सरकारी सञ्चारमाध्यममा मात्रै सीमित गर्ने

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर