२०८२, १८ कार्तिक सोमबार

नेपालले राष्ट्रिय एआई नीति पारित, प्रविधि विकासमा नयाँ युगको शुरुआत

नेपालले राष्ट्रिय एआई नीति पारित, प्रविधि विकासमा नयाँ युगको शुरुआत


काठमाडौं । नेपाल सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति, २०८१ पारित गर्दै देशमा एआई विकास र प्रयोगलाई संस्थागत गर्ने महत्वपूर्ण कदम चालेको छ।

गत साउन २६ गतेको मन्त्रिपरिषद बैठकले पारित गरेको यस नीतिले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा र सार्वजनिक सेवा लगायतका क्षेत्रमा एआई प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ ।

नीतिमा डाटा सुरक्षा, नैतिक प्रयोग, उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार निर्माण र मानव संसाधन विकास जस्ता विषय समेटिएका छन् । साथै, छोटो, मध्यम र दीर्घकालीन योजना बनाई राष्ट्रिय एआई केन्द्र र एआई परिषद गठन गर्ने तयारी गरिएको छ ।

सरकारको यो निर्णयले नेपालमा एआई प्रविधिको दिगो, सुरक्षित र समावेशी विकास गर्न मार्ग प्रशस्त गरेको विश्लेषण गरिँदैछ ।

प्रकाशित मिति : २०८२, २२ भाद्र आईतबार  ८ : ३४ बजे

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा

एमालेको ११ औँ महाधिवेशन अब काठमाडौंमा हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आगामी मंसिरमा हुन

धनगढीबाट काठमाडौं उडेको श्री एअरलाइन्सको विमान भैरहवामा आकस्मिक अवतरण

बुटवल। धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको विमानमा प्राविधिक समस्या