२०८२, १८ भाद्र बुधबार

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर स्वदेश फिर्ता हुँदैछन् । उनी साङ्घाई सहयोग सङ्गठन (SCO) को शिखर सम्मेलनमा भाग लिन १४ भदौमा चीन गएका थिए ।

प्रधानमन्त्री ओलीले २३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन भ्रमण गरेका थिए। भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नुका साथै सम्मेलनलाई सम्बोधन गरे । नेपाल सन् २०१६ देखि SCO को संवाद साझेदार रहँदै आएको छ। सो सङ्गठनमा चीन, रूस, भारत, पाकिस्तान लगायत १० देश पूर्ण सदस्य छन्, भने नेपालसहित १५ देश संवाद साझेदारका रूपमा आवद्ध छन् । प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा रूस, माल्दिभ्स, कम्बोडिया, लाओस र भियतनामका प्रमुख नेताहरूसँग पनि भेटवार्ता गरेका थिए ।

भ्रमणमा प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, मन्त्रीहरू, सांसद, सल्लाहकारहरू तथा उच्चस्तरीय सरकारी प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित मिति : २०८२, १८ भाद्र बुधबार  ९ : २४ बजे

पुतलीसडकमा माइक्रो बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट ५ वर्षीया बालिका

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ।

प्रधानमन्त्री ओली आज स्वदेश फिर्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज चीन भ्रमण सकेर

एमालेको केन्द्रीय सचिवालय बैठक भदौ १९ गते, विधान महाधिवेशनको तयारी तीव्र

काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी केन्द्रीय

बेइजिङमा ऐतिहासिक गठबन्धनको संकेतस् सी,पुटिन र किम जोङ एउटै मञ्चमा

बेइजिङ । दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा चीनले आयोजना