२०८२, १५ भाद्र सोमबार

आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना


काठमाडौं । आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुन सक्रिय रहेकाले देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना समेत रहेको उल्लेख गरिएको छ ।

रातिको समयमा पनि केही स्थानमा वर्षा हुने देखिएको छ । विशेषगरी सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्नेछ ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेको छ, जसका कारण देशभर मौसम बदली भएको हो।

मौसमविद्हरूले पहाडी क्षेत्र तथा नदी तटीय भूभागमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। वर्षासँगै पहिरो र बाढीको जोखिम समेत हुनसक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २०८२, १५ भाद्र सोमबार  ७ : ४३ बजे

नेपाल आइडल’ सिजन–६ को उपाधि सिन्धुपाल्चोककी गंगालाई

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–६ को उपाधि गंगा सोनामले जितेकी

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री ओलीले आज शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन गर्दै

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ)

आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं । आज सोमबार देशभरको मौसम सामान्यतया बदली रहने जल

प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र