२०८२, ५ फाल्गुन मंगलबार

कानुनी संरचना र लगानीको अभावले पुस्तकालयहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन् : मन्त्री गुरु

कानुनी संरचना र लगानीको अभावले पुस्तकालयहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेनन् : मन्त्री गुरु


काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कानुनी संरचना, लगानी र प्रविधिको कमीका कारण देशभरका पुस्तकालयहरू अझैसम्म पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले कानुनी संरचना, लगानी र प्रविधिको कमीका कारण देशभरका पुस्तकालयहरू अझैसम्म पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको बताएका छन् । राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले पुस्तकालयहरूलाई केवल किताव राख्ने स्थलको रूपमा सीमित नराखी ज्ञानको केन्द्र, चेतना अभिवृद्धिको माध्यमसामाजिक रूपान्तरणको उत्प्रेरक शक्तिका रूपमा विकास गर्नुपर्ने धारणा राखे ।

“पुस्तकालयहरू केवल अध्ययन स्थल मात्र होइनन्, यी नागरिक चेतना जगाउने चौतारी हुन्,” मन्त्री गुरुङले भने, “समाजका सबै वर्गका मानिसहरूका लागि पुस्तकालयले शिक्षा, सिप र आत्मबल प्रदान गर्दै आएको छ। तर कानुनी संरचना, पर्याप्त बजेट र प्रविधिको अभावले यी अझै आफ्नो सम्भावित क्षमतामा पुग्न सकेका छैनन्।” उनले स्थानीय सरकार, संघीय सरकार र समुदाय मिलेर पुस्तकालयको सुदृढीकरणमा लाग्नुपर्ने आवश्यकता औंल्याउँदै पुस्तकालयहरूको विकासका लागि बलियो कानुनी आधार, स्थायी बजेट र आधुनिक सूचना प्रविधिको पहुँच अनिवार्य रहेको बताए।

डिजिटल युगमा पनि पुस्तकालयहरूको महत्त्व कायमै रहेको उल्लेख गर्दै मन्त्री गुरुङले इ–पुस्तक, डिजिटल पहुँच, अनुसन्धान सामग्री र सुरक्षित अध्ययन वातावरणको माध्यमबाट नागरिक सशक्तीकरणमा पुस्तकालयले उल्लेखनीय भूमिका खेलिरहेको बताए। उनका अनुसार युवाहरूका लागि पुस्तकालय अनुसन्धान, नवप्रवर्तन र सिप विकासको केन्द्र बन्दै गएको छ, जसले उनीहरूलाई प्रतिस्पर्धात्मक भविष्यका लागि तयार गर्न सहयोग पुर्‍याइरहेको छ।

नेपालको पुस्तकालय इतिहास, जनचेतना र प्रजातान्त्रिक आन्दोलनसँग गहिरो रूपमा गाँसिएको स्मरण गराउँदै मन्त्री गुरुङले पुस्तकालयहरूलाई आगामी दिनमा सामाजिक न्याय र दिगो विकासको मेरुदण्डका रूपमा स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताए।

प्रकाशित मिति : २०८२, १५ भाद्र आईतबार  ९ : ४६ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा