२०८२, ५ फाल्गुन मंगलबार

दुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु

दुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु


दोलखा । दोलखाको भीमेश्वरमा गए राति दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु भएको छ। दोलखाकै गौरीशङ्कर बहुमुखी क्याम्पसका स्ववियु सभापतिसहित दुई जनाको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति करिब नौ बजेतिर भीमेश्वर नगरपालिका–६ स्थित रमितेडाँडामा बा.५३ प ८८९९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्ववियु सभापति २४ वर्षीय सिरिस बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा च्छोरोल्पा अस्पताल चरिकोटमा मृत्यु भएको हो । बस्नेत भीमेश्वर नगरपालिका–५ माटीका स्थानीय बासिन्दा हुन् । उनले चलाएको मोटरसाइकलमा बैतेश्वर गाउँपालिका–३ मिर्गे घर भएका २६ वर्षीय सुजन भनिने श्यामबहादुर खत्री पनि सवार थिए । दुर्घटनामा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट चरिकोट जाँदै गरेका बस्नेतले चलाएको मोटरसाइकल लामोसाँघु जिरी सड्क खण्डमा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकल चालक बैतेश्वर गाउँपालिका–५ बस्ने २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार  ९ : ०१ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा