काठमाडौं । नेपालको हिमाल, पर्वतारोहण तथा पर्यटन क्षेत्रको अग्रणी संस्था नेपाल पर्वतारोहण संघ (NMA) को बहुप्रतीक्षित निर्वाचन २०८२ भव्य रूपमा सम्पन्न भएको छ। संघको नयाँ नेतृत्व चयनका लागि भएको यस निर्वाचनमा अध्यक्षदेखि सदस्यसम्मका विभिन्न पदमा प्रतिस्पर्धा भएको थियो ।
निर्वाचनमा फुर्वा गेल्जे शेर्पा ३४२ मतसहित अध्यक्ष पदमा विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गरे। यस्तै, महासचिव पदमा राजेन्द्रबहादुर लामा ३१८ मतसहित विजयी भएका छन् । निर्वाचनमा कुल १७ पदका लागि प्रतिस्पर्धा भएको थियो, जसमा उच्च सहभागिता देखिएको थियो । निर्वाचनपछि संक्षिप्त मन्तव्य दिंदै नव–निर्वाचित अध्यक्ष फुर्वा गेल्जे शेर्पाले भने, “नेपालको पर्वतारोहण क्षेत्रलाई अझ सुरक्षित, व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने हाम्रो लक्ष्य हो। सबै सरोकारवालाको साथ, समर्थन र सहभागिता लिएर अघि बढ्नेछौं।”
यसैगरी महासचिव राजेन्द्रबहादुर लामाले पनि संगठनको समावेशी, पारदर्शी र सक्रिय कार्यशैलीमार्फत पर्वतारोहण व्यवसायी तथा गाइडहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल पर्वतारोहण संघले पर्वतारोहण क्षेत्रको व्यवस्थापन, अनुमति प्रक्रिया, तालिम, उद्धार, खोजी, आधार शिविर व्यवस्थापन, अन्तर्राष्ट्रिय सहकार्य, पर्यावरणीय संरक्षणजस्ता क्षेत्रमा काम गर्दै आएको छ। नयाँ नेतृत्वसँग यी कार्यहरूलाई अझ प्रभावकारी बनाउन शुभकामना समेत प्रतिनिधिहरुले दिएका छन् ।

निर्वाचित पदाधिकारीहरूको विवरण यस प्रकार छ:
१. प्रमुख पदाधिकारीहरू
- अध्यक्ष:
✅ फुर्वा गेल्जे शेर्पा – ३४२ (विजयी)
❌ कुलबहादुर गुरुङ – २८८ - वरिष्ठ उपाध्यक्ष:
✅ इश्वरी पौडेल – ३४५ (विजयी)
❌ टिका गुरुङ – २५८ - प्रथम उपाध्यक्ष:
✅ मिङ्मा ग्याबो शेर्पा – ३५९ (विजयी)
❌ काजी शेर्पा – २५६ - द्वितीय उपाध्यक्ष:
✅ बोधराज भण्डारी – ३६८ (विजयी)
❌ धनबहादुर गुरुङ – २३८ - महासचिव:
✅ राजेन्द्रबहादुर लामा – ३१८ (विजयी)
❌ विमल नहर्की – २०९
❌ शिव सापकोटा – ६८ - सचिव:
✅ चन्दन थापा – ३५८ (विजयी)
❌ ङिमा दिकी शेर्पा – २४४ - कोषाध्यक्ष:
🔷 ङिमा नुर्बु शेर्पा – ३०४
🔷 सुमी लामा – ३०४
(मत बराबरी भएपछि सहमतिको आधारमा गोलाप्रथाबाट आधा–आधा कार्यकाल सम्हाल्ने निर्णय गरिएको छ।)
२. निर्वाचित सदस्यहरू:
- माधवकुमार धमला – २७८
- केदार न्यौपाने – ३०२
- थुप्देन शेर्पा – ३२६
- गोकुल थापा – २८८
- मुलाल गुरुङ – ३५१
- देण्डी शेर्पा – ३११
- विक्रम कार्की – ३०६
- रिञ्जे शेर्पा – ३०१
- देवेन्द्र डंगोल – २९५
- दिकी शेर्पा – २८८
- निशा भोटे – ३०७
प्रतिक्रिया