काठमाडौँ । लिपुलेक हुँदै सीमा व्यापार गर्न भारत र चीनबीच भएको सम्झौताको विरोधमा नेविसंघ त्रिचन्द्र क्याम्पस इकाइले शुक्रबार राजधानीमा मसाल जुलुस निकालेको छ ।
जुलुसका क्रममा प्रदर्शनकारीहरूले “लिपुलेक हाम्रो हो”, “राष्ट्रघाती सम्झौता खारेज गर”, जस्ता नारा लगाउँदै सम्झौताको विरोध गरेका थिए।
नेविसंघले राष्ट्रिय स्वाधीनता र भू–अखण्डताको सवालमा कुनै सम्झौता स्वीकार्य नहुने भन्दै सरकारलाई कूटनीतिक रूपमा कडा धारणा प्रस्तुत गर्न आग्रह गरेको छ।
प्रतिक्रिया