२०८२, ५ चैत्र शुक्रबार

प्राथमिकतामा परेका योजनाहरू प्रविधिमार्फत सहज र प्रभावकारी हुने : मन्त्री सिंह

प्राथमिकतामा परेका योजनाहरू प्रविधिमार्फत सहज र प्रभावकारी हुने : मन्त्री सिंह


काठमाडौँ । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राथमिकतामा परेका योजनाहरूलाई प्रविधिको माध्यमबाट प्रभावकारी र छिटो ढंगले कार्यान्वयन गर्न सकिने बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्राथमिकता प्राप्त आयोजनाहरूको अनलाइन अनुगमन कक्षको अनुगमन गर्दै मन्त्री सिंहले प्रविधिको सदुपयोगबाट योजना कार्यान्वयनमा समय, स्रोत र समन्वयमा सहजता आउने बताए ।

“प्रविधिलाई सदुपयोग गरेर प्रभावकारी तवरले काम गर्नका लागि आवश्यक टुल्सहरू प्रयोग गर्न जान्नुपर्छ,” मन्त्री सिंहले बताए, “आजको युग प्रविधिको हो, हामीले यसलाई आत्मसात् गर्नुपर्छ ।” उनका अनुसार अनलाइन अनुगमन कक्षमार्फत फिल्डमा काम गरिरहेका कर्मचारी र मन्त्रालयबीच प्रत्यक्ष समन्वय सम्भव हुने भएकाले योजनाको अनुगमन र समस्या समाधान प्रक्रियामा पारदर्शिता र छिटो निर्णयसमेत गर्न सकिनेछ ।

मन्त्री सिंहले मन्त्रालयबाट प्राथमिकतामा परेका आयोजना तथा योजनाहरूको अनुगमन, गुनासोहरूको समाधान, र समयमै समापन सुनिश्चित गर्न यो प्रविधि सहायक हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ४ : ४७ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३