२०८२, २ फाल्गुन शनिबार

जापानबाट ३० अर्ब ८ करोड ऋण सहायता स्वीकार, मन्त्रिपरिषद्का २५ निर्णय सार्वजनिक

जापानबाट ३० अर्ब ८ करोड ऋण सहायता स्वीकार, मन्त्रिपरिषद्का २५ निर्णय सार्वजनिक


काठमाडौं । नेपाल सरकारले जापान सरकारबाट करिब ३० अर्ब ८ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना कार्यान्वयनका लागि उपयोग गर्ने निर्णय गरेको हो ।

सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बैठकका निर्णयहरू सार्वजनिक गर्दै उक्त ऋण सहयोगले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन, सडक सुधार तथा पूर्वाधार निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बैठकले ‘समृद्धिका लागि वन परियोजना’ अन्तर्गतको अनुदान तथा ऋण सम्झौता संशोधनलाई स्वीकृति दिएको छ। साथै, नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई खराब आचरण गरेको ठहर गर्दै पदमुक्त गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

त्यस्तै, आगामी भदौ १७ र १८ गते थाइल्यान्डको बैंककमा हुने विश्व वित्तीय संरचनासम्बन्धी सम्मेलनमा परराष्ट्र मन्त्री डा। आरजु राणालाई सहभागी हुन स्वीकृति प्रदान गरिएको छ ।

यसैगरी, बैठकले ‘बालश्रम ९निषेध तथा नियमित गर्ने० विधेयक, २०८२’ तर्जुमा गर्न सिद्धान्ततः स्वीकृति, ‘मालपोत नियमावली ९आठौं संशोधन०’ स्वीकृति, र ‘राष्ट्रिय युवा नीति, २०८२’ स्वीकृति समेत दिएको छ ।

मन्त्रिपरिषद्को उक्त बैठकले जम्मा २५ वटा निर्णय गरेको छ, जसमा विभिन्न नीतिगत, प्रशासनिक तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी विषयहरू समेटिएका छन् ।

प्रकाशित मिति : २०८२, ४ भाद्र बुधबार  ७ : ०५ बजे

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न