२०८२, २५ भाद्र बुधबार

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

देशैभर भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह


काठमाडौं । बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले देशभर मौसम बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा दक्षिणतर्फ रहेकाले मनसुन केही कमजोर भए पनि वर्षा हुने क्रम जारी छ ।

मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही स्थानमा मध्यम वर्षा र कोशी–बागमती प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना छ ।

गत २४ घन्टामा गोरखाको बारपाकमा ७७ मिलिमिटर, सिन्धुपाल्चोकको गोब्रेमा ७५.४ मिलिमिटर, काठमाडौंको धापमा ६६.२ मिलिमिटर र अछामको सुगालीमा ५५.४ मिलिमिटर वर्षा भएको छ । विभागले सम्भावित बाढी, पहिरो र जलस्रोतको सतर्कताका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  ७ : ३९ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा