२०८२, २६ पुस शनिबार

पाँचखालमा जनमत कुल्चिँदै महेश खरेल ! जनताको होइन, ठेकेदारको मेयर !

पाँचखालमा जनमत कुल्चिँदै महेश खरेल ! जनताको होइन, ठेकेदारको मेयर !

"पाँचखालमा जनमत कुल्चिँदै उद्योग जबर्जस्ती"


पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ मा स्थानीयको कडा विरोधका बाबजुद मेयर महेश खरेलले कांग्रेसनिकट ठेकेदारको अस्फाल्ट ब्याचिङ प्लान्ट जबर्जस्ती राख्न खोज्दा स्थिति तनावग्रस्त बनेको छ ।

कांग्रेसबाहेक सबै राजनीतिक दलको विरोध, विज्ञप्ति र चेतावनीलाई बेवास्ता गर्दै खरेलले भारी प्रहरी र आफूनिकट युवाहरू परिचालन गरेर जनतालाई दमन गरेका छन् । सोमबार गरिएको सार्वजनिक सुनुवाइको नाममा नागरिकमाथि प्रहरी र गुण्डा लगाइएको आरोप लागेको छ ।

स्थानीयले मेयरलाई “ठेकेदारको दलाल” को संज्ञा दिँदै उनका गाडी प्रयोगदेखि व्यवहारसम्मको प्रमाण सार्वजनिक गरेका छन् । प्लान्टले मानव स्वास्थ्य, कृषि र वातावरणमा गम्भीर असर पार्ने भन्दै स्थानीय एकताबद्ध भई विरोधमा उत्रिएका छन् ।

‘कृषि शहर’ को नारा बोकेको पाँचखालमा जनस्वास्थ्य मिचेर गरिएको यस्तो उद्योग स्थापना जनतालाई अस्वीकार्य रहेको उनीहरूले बताएका छन् ।

अस्फाल्ट प्लान्टबाट हुने प्रमुख जनस्वास्थ्यमा असरहरू :

1. श्वासप्रश्वाससम्बन्धी रोगहरू

  • प्लान्टबाट निस्कने धुलो र कालो धुवाँले फोक्सोमा असर गर्छ।
  • दम (asthma), ब्रङ्काइटिस (bronchitis), एलर्जी, खोकी र नाक बन्द हुने समस्या हुन्छ।
  • दीर्घकालीन सम्पर्कले फोक्सोको क्षमतामा ह्रास ल्याउँछ।

2. क्यान्सरको जोखिम

  • बिटुमिन र अन्य रसायनमा Polycyclic Aromatic Hydrocarbons (PAHs) भन्ने क्यान्सरकारक तत्व हुन्छ।
  • यी हावामा मिसिएर मानिसको शरीरमा पस्छन्, जसले दीर्घकालमा क्यान्सरको खतरा बढाउँछ।

3. छाला र आँखा सम्बन्धी समस्या

  • गन्ध र रसायनले छालामा एलर्जी, जलन, रास आउने वा चिलाउने समस्या देखिन्छ।
  • धुवाँले आँखा पोल्ने, आँसु आउने र दृष्टिमा असर पर्ने गर्छ।

4. मस्तिष्क र स्नायु प्रणालीमा असर

  • अस्फाल्ट प्लान्टबाट निस्कने कार्बन मोनोअक्साइड र अन्य विषालु ग्यासहरूले थकान, टाउको दुख्ने, ध्यान केन्द्रित गर्न गाह्रो हुने जस्ता समस्या दिन सक्छ।
  • लामो समय यस्तो प्रदूषणमा बस्दा स्नायु प्रणालीमा असर पर्न सक्छ।

5. हृदयघात र रक्तचापमा असर

  • प्रदूषित हावाले रक्तमा अक्सिजनको मात्रा घटाउँछ, जसले हृदयमा बोझ पुर्‍याउँछ।
  • उच्च रक्तचाप, हृदयघातको जोखिम बढ्छ — विशेष गरी पहिलेबाट बिरामी भएका व्यक्तिहरूमा।

विशेष रूपमा असर पर्ने समूहहरू:

  • बच्चा, वृद्ध, गर्भवती महिला
  • दम, हृदय वा फोक्सो रोग भएका व्यक्ति
  • कम रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्ति

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  १ : ०७ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,