२०८२, ५ चैत्र शुक्रबार

पाँचखालमा जनमत कुल्चिँदै महेश खरेल ! जनताको होइन, ठेकेदारको मेयर !

पाँचखालमा जनमत कुल्चिँदै महेश खरेल ! जनताको होइन, ठेकेदारको मेयर !

"पाँचखालमा जनमत कुल्चिँदै उद्योग जबर्जस्ती"


पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ मा स्थानीयको कडा विरोधका बाबजुद मेयर महेश खरेलले कांग्रेसनिकट ठेकेदारको अस्फाल्ट ब्याचिङ प्लान्ट जबर्जस्ती राख्न खोज्दा स्थिति तनावग्रस्त बनेको छ ।

कांग्रेसबाहेक सबै राजनीतिक दलको विरोध, विज्ञप्ति र चेतावनीलाई बेवास्ता गर्दै खरेलले भारी प्रहरी र आफूनिकट युवाहरू परिचालन गरेर जनतालाई दमन गरेका छन् । सोमबार गरिएको सार्वजनिक सुनुवाइको नाममा नागरिकमाथि प्रहरी र गुण्डा लगाइएको आरोप लागेको छ ।

स्थानीयले मेयरलाई “ठेकेदारको दलाल” को संज्ञा दिँदै उनका गाडी प्रयोगदेखि व्यवहारसम्मको प्रमाण सार्वजनिक गरेका छन् । प्लान्टले मानव स्वास्थ्य, कृषि र वातावरणमा गम्भीर असर पार्ने भन्दै स्थानीय एकताबद्ध भई विरोधमा उत्रिएका छन् ।

‘कृषि शहर’ को नारा बोकेको पाँचखालमा जनस्वास्थ्य मिचेर गरिएको यस्तो उद्योग स्थापना जनतालाई अस्वीकार्य रहेको उनीहरूले बताएका छन् ।

अस्फाल्ट प्लान्टबाट हुने प्रमुख जनस्वास्थ्यमा असरहरू :

1. श्वासप्रश्वाससम्बन्धी रोगहरू

  • प्लान्टबाट निस्कने धुलो र कालो धुवाँले फोक्सोमा असर गर्छ।
  • दम (asthma), ब्रङ्काइटिस (bronchitis), एलर्जी, खोकी र नाक बन्द हुने समस्या हुन्छ।
  • दीर्घकालीन सम्पर्कले फोक्सोको क्षमतामा ह्रास ल्याउँछ।

2. क्यान्सरको जोखिम

  • बिटुमिन र अन्य रसायनमा Polycyclic Aromatic Hydrocarbons (PAHs) भन्ने क्यान्सरकारक तत्व हुन्छ।
  • यी हावामा मिसिएर मानिसको शरीरमा पस्छन्, जसले दीर्घकालमा क्यान्सरको खतरा बढाउँछ।

3. छाला र आँखा सम्बन्धी समस्या

  • गन्ध र रसायनले छालामा एलर्जी, जलन, रास आउने वा चिलाउने समस्या देखिन्छ।
  • धुवाँले आँखा पोल्ने, आँसु आउने र दृष्टिमा असर पर्ने गर्छ।

4. मस्तिष्क र स्नायु प्रणालीमा असर

  • अस्फाल्ट प्लान्टबाट निस्कने कार्बन मोनोअक्साइड र अन्य विषालु ग्यासहरूले थकान, टाउको दुख्ने, ध्यान केन्द्रित गर्न गाह्रो हुने जस्ता समस्या दिन सक्छ।
  • लामो समय यस्तो प्रदूषणमा बस्दा स्नायु प्रणालीमा असर पर्न सक्छ।

5. हृदयघात र रक्तचापमा असर

  • प्रदूषित हावाले रक्तमा अक्सिजनको मात्रा घटाउँछ, जसले हृदयमा बोझ पुर्‍याउँछ।
  • उच्च रक्तचाप, हृदयघातको जोखिम बढ्छ — विशेष गरी पहिलेबाट बिरामी भएका व्यक्तिहरूमा।

विशेष रूपमा असर पर्ने समूहहरू:

  • बच्चा, वृद्ध, गर्भवती महिला
  • दम, हृदय वा फोक्सो रोग भएका व्यक्ति
  • कम रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्ति

प्रकाशित मिति : २०८२, ३ भाद्र मंगलबार  १ : ०७ बजे

चीनले रोक्यो मल निर्यात, विश्वव्यापी आपूर्तिमा सङ्कट

काठमाडौं । चीन ले घरेलु बजार सुरक्षित गर्न नाइट्रोजन–पोटासियम तथा

घण्टीमा भोट हाल्ने केन्द्रीय सदस्य खोज्दै , प्रचण्ड भन्छन् कारबाही गर्छौं

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी ले फागुन २१ को प्रतिनिधिसभा

नवनिर्वाचित सांसदलाई शपथका लागि आह्वान, आवश्यक कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौं । संघीय संसद सचिवालय ले प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ

राप्रपा संसदीय दलको नेता ज्ञानेन्द्र शाही, प्रमुख सचेतक खुश्बु ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो संसदीय दलको

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

काठमाडौं । टेक्नोले नेपालमा आफ्नो नयाँ स्मार्टफोन स्पार्क गो ३