२०८२, १२ फाल्गुन मंगलबार

पाँचखालमा आस्फाल्ट प्लान्ट स्थापना प्रयासप्रति माओवादी केन्द्रको कडा विरोध

पाँचखालमा आस्फाल्ट प्लान्ट स्थापना प्रयासप्रति माओवादी केन्द्रको कडा विरोध


पाँचखाल । पाँचखाल नगरपालिका वडा नं. ८ स्थित ऐतिहासिक, धार्मिक तथा पुरातात्विक क्षेत्रमा बन्दन भगवती सेवा प्रा.लि. द्वारा स्थापना गर्न खोजिएको आस्फाल्ट व्याचिङ्ग प्लान्टप्रति ने.क.पा. माओवादी केन्द्र पाँचखाल नगर समितिले कडा विरोध जनाएको छ।

पार्टीका अध्यक्ष रमेश राज गिरीले उक्त उद्योगले पाँचखालको कृषि क्षेत्रलाई ठूलो क्षति पुर्‍याउने र वातावरणीय सन्तुलन बिगार्ने चेतावनी दिएका छन्। कृषि नै पाँचखालबासीको जीवनयापनको मुख्य आधार भएको भन्दै यस्तो प्रदूषित उद्योगलाई स्थानीय सरकारबाट सहज अनुमति दिनु पूर्णतया गैरजिम्मेवार र खेदजनक भएको स्पष्ट पारेका छन् ।

सार्वजनिक सुनुवाइमा स्थानीय जनता र समुदायले उद्योगको कडा विरोध गरेपनि त्यसलाई बेवास्ता गर्दै पुनः अनुमति प्रक्रिया अगाडि बढाएको विषयमा गम्भीर आपत्ति जनाइएको छ । ने.क.पा. माओवादी केन्द्र पाँचखालले सम्बन्धित निकायलाई तत्काल उद्योग स्थापना रोक्न कडा माग गर्दै यसप्रति पूर्ण ऐक्यबद्धता र संघर्ष जारी राख्ने घोषणा गरेको छ ।

पाँचखालको कृषि, वातावरण र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने कुनै पनि प्रयासलाई पार्टीले सहन नहुने संकेत गर्दै संघर्षको चेतावनी दिएको छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ४ : ५६ बजे

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु

काठमाडौँ । अमेरिकाको भर्जिनियास्थित फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान एक नेपालीले

दाङलाई शैक्षिक तथा प्रविधिक हब बनाउने अभियान तीव्र : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नं. २

प्रत्येक मतदान केन्द्रमा ३० स्वयंसेवक खटाइने : ओली

विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

सर्लाही-४ का लागि गगन थापाको क्षेत्रगत प्रतिज्ञा पत्र सार्वजनिक

सर्लाही । नेपाली कांग्रेस का सभापति गगन कुमार थापा ले

प्रलेसका अध्यक्ष रक्तिम लामाको प्रस्ताव : काभ्रे-१ मा अमित लामालाई निर्विरोध घोषणा गरौँ

काठमाडौं । प्रगतिशील लेखक संघ प्रलेस काभ्रेका अध्यक्ष रक्तिम लामाले