२०८२, २४ भाद्र मंगलबार

एमालेमा ‘देखाइदिन्छु’ भन्ने भीम रावल आफैँ सकिए : महासचिव पोखरेल

एमालेमा ‘देखाइदिन्छु’ भन्ने भीम रावल आफैँ सकिए : महासचिव पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी नेतृत्त्वविरुद्ध विद्रोह गर्दै ‘पार्टी देखाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएका नेता भीम रावलको राजनीतिक हैसियत समाप्तप्रायः भएको दाबी गरेका छन्। आईतबार कञ्चनपुरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रावलको गतिविधि पार्टी हितविरुद्ध रहेको भन्दै उनी अब राजनीतिक रूपमा कमजोर भएको स्पष्ट पारे।

“मुलधारका दलमा विद्रोह गरेर ‘पार्टी देखाइदिन्छु’ भन्ने कुरा कार्यकर्ताले स्वीकार्दैनन्,” पोखरेलले भने, “यस्ता अराजकताले पार्टी निर्माणमा बाधा मात्रै पुर्‍याउँछ।” उनले थपे, “भीम रावलले पार्टी हित विपरीत गतिविधि गरेकाले पार्टीबाट बाहिरिनुपर्ने अवस्था आएको हो।”

महासचिव पोखरेलले नेकपा एमाले अहिले ‘मिशन ८४’ अन्तर्गत पुनः सशक्त राष्ट्रिय शक्ति निर्माणको अभियानमा रहेको जानकारी दिँदै त्यसका लागि अनुशासन, संगठन र एकतामा बल दिनुपर्ने आवश्यकता औँल्याए । उनका अनुसार पार्टीविरुद्ध कार्य गर्ने जो–कोहीलाई अनुशासनको दायरामा ल्याउने र आवश्यक कारबाही प्रक्रिया अघि बढाउने एमालेको रणनीति छ ।

प्रकाशित मिति : २०८२, १ भाद्र आईतबार  ३ : ५२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा